Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

भीमप्रसाद उपाध्यायविरुद्ध साइबर ब्युरोमा उजुरी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 1, 2026
3 shares

काठमाडौं । नेपाल सरकारका पूर्वकर्मचारी भीमप्रसाद उपाध्यायविरुद्ध नेपाल मेडिकल काउन्सिलले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराएको छ। काउन्सिलका निमित्त रजिष्ट्रार डा. दिपेन्द्र पाण्डेको चरित्रहत्या गरेको तथा सामाजिक सञ्जालमार्फत भ्रामक र निन्दनीय सामग्री प्रसारण गरी संस्थाको प्रतिष्ठामा आँच पुर्‍याएको आरोप लगाउँदै बुधबार भोटाहिटीस्थित साइबर ब्युरोमा उजुरी दर्ता गरिएको हो।

काउन्सिलले दिएको उजुरीअनुसार उपाध्यायले आफ्नो आधिकारिक फेसबुक प्रोफाइलमार्फत असार १६ गते डा. दिपेन्द्र पाण्डेको तस्बिर अनधिकृत रूपमा प्रयोग गर्दै भ्रामक, अपमानजनक र मानहानि हुने प्रकृतिको सामग्री सार्वजनिक गरेका थिए। उक्त पोस्टमा ‘नक्कली डाक्टर भन्दै आरोप लगाई प्रहरीमा जाहेरी दिने र ७ दिन हिरासतमा राख्ने प्रपञ्च गर्ने…’ लगायतका अभिव्यक्तिमार्फत निमित्त रजिष्ट्रार तथा काउन्सिलका अन्य पदाधिकारीप्रति गालीगलौज र आधारहीन आरोप लगाइएको काउन्सिलको दाबी छ।

मेडिकल काउन्सिलका अनुसार काउन्सिलमा दर्ता नभएका व्यक्तिहरूले एलोप्याथिक औषधि सिफारिस गर्ने तथा रेडियोलोजिस्टले मात्र गर्न मिल्ने एमआरआईजस्ता विशेषज्ञ सेवा सञ्चालन गरेको उजुरी परेपछि कानुनबमोजिम छानबिन गरिएको थियो। छानबिनबाट दोषी देखिएका व्यक्तिविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको र सो विषय हाल अदालतमा विचाराधीन रहेको काउन्सिलले जनाएको छ।

काउन्सिलले आफ्नो नियामक तथा कानुनी जिम्मेवारीअन्तर्गत गरिएको कार्यलाई व्यक्तिगत रिसइबीको रूपमा चित्रण गर्दै उपाध्यायले सामाजिक सञ्जालमार्फत साइबर बुलिङ, भ्रम फैलाउने तथा संस्थाप्रति जनविश्वास कमजोर बनाउने प्रयास गरेको उजुरीमा उल्लेख गरेको छ। यसबाट काउन्सिलका पदाधिकारीको पेसागत प्रतिष्ठामा समेत गम्भीर क्षति पुगेको दाबी गरिएको छ।

काउन्सिलले उपाध्यायको गतिविधि विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ विपरीत रहेको जिकिर गर्दै तत्काल पक्राउ गरी आवश्यक कानुनी कारबाही गर्न साइबर ब्युरोसँग माग गरेको छ। उजुरीसँगै उपाध्यायले फेसबुकमा सार्वजनिक गरेका पोस्टका स्क्रिनसट तथा अपमानजनक टिप्पणीहरूको प्रतिलिपिसमेत प्रमाणका रूपमा प्रहरीलाई बुझाइएको काउन्सिलका एक अधिकारीले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved