Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

६८औँ संसद दिवसमा सभामुख अर्यालको आह्वान : संसदको गरिमा जोगाउँदै संयमित र शिष्ट बन्न सांसदलाई आग्रह

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 30, 2026
3 shares

 

काठमाडौं । नेपालको ६८औँ संसद दिवस तथा १३७औँ विश्व संसद दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा सम्माननीय सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद लोकतन्त्रको सर्वोच्च थलो भएकाले यसको गरिमा जोगाउने जिम्मेवारी सबै सांसदको भएको बताएका छन्।

उनले ऐतिहासिक विरासतलाई आत्मसात् गर्दै संसदलाई मर्यादित, प्रभावकारी र जनविश्वासको केन्द्रका रूपमा स्थापित गर्न सांसदहरू संयमित, शिष्ट र जिम्मेवार हुनुपर्नेमा जोड दिए। सभामुख अर्यालले नेपालको संसदीय इतिहास स्मरण गर्दै २०१६ साल असार १६ गते राति ११:४५ बजे बोलाइएको नेपालको पहिलो संसदको पहिलो बैठकलाई लोकतान्त्रिक यात्राको ऐतिहासिक सुरुआतका रूपमा उल्लेख गरे।

उनले त्यतिबेला अधिकांश सांसद साँझको खाना खाएर पैदलै सिंहदरबार पुगेको, कतिपयको खुट्टामा जुत्तासमेत नभएको तथा राति १२ बजे सुरु भएको बैठक राति २ बजे सम्पन्न भएको प्रसंग सुनाउँदै लोकतन्त्रप्रतिको त्याग, समर्पण र प्रतिबद्धता अहिलेका जनप्रतिनिधिका लागि प्रेरणाको स्रोत भएको बताए।

उनले इतिहासमा तत्कालीन दरबारले संसदको आयु छोटो होस् भन्ने दुराशयका साथ ज्योतिषीहरूको परामर्शमा मध्यरातको तथाकथित ‘खराब साइत’ मा पहिलो बैठक बोलाइएको भन्ने चर्चा भए पनि नेपाली जनताको लोकतान्त्रिक आकांक्षालाई कुनै पनि शक्ति रोक्न नसकेको उल्लेख गरे। अनेक उतारचढाव पार गर्दै संसदीय व्यवस्था आजको अवस्थासम्म आइपुगेको भन्दै उनले लोकतान्त्रिक संस्थाहरूलाई थप सुदृढ बनाउनु अहिलेको आवश्यकता भएको धारणा राखे।

सभामुख अर्यालले संसदभित्र हुने बहस, विमर्श र असहमति लोकतन्त्रको स्वाभाविक अभ्यास भए पनि त्यसलाई मर्यादित र सभ्य ढंगले प्रस्तुत गर्नुपर्ने बताए। सांसदहरूको व्यवहार, भाषा र प्रस्तुतिले संसदप्रति नागरिकको धारणा निर्माण गर्ने भएकाले व्यक्तिगत वा दलगत मतभिन्नताभन्दा माथि उठेर राष्ट्रिय हितलाई केन्द्रमा राख्न उनले आग्रह गरे।

उनले संसद जनताको विश्वास र आशाको केन्द्र भएकाले जनप्रतिनिधिहरूले आफ्नो भूमिका थप जिम्मेवारीपूर्वक निर्वाह गर्नुपर्ने उल्लेख गरे। लोकतान्त्रिक मूल्य, विधिको शासन, पारदर्शिता र जवाफदेहितालाई व्यवहारमा उतार्दै संसदलाई जनमुखी र परिणाममुखी बनाउनु आजको प्रमुख दायित्व भएको उनको भनाइ थियो।

६८औँ संसद दिवस तथा १३७औँ विश्व संसद दिवसले नेपालको संसदीय इतिहास, लोकतान्त्रिक संघर्ष र जनप्रतिनिधिहरूको जिम्मेवारीलाई पुनः स्मरण गराएको उल्लेख गर्दै सभामुख अर्यालले इतिहासबाट प्रेरणा लिएर भविष्यप्रति उत्तरदायी बन्न सबै सांसदलाई आह्वान गरे। उनले संयम, शिष्टता, सहिष्णुता र उच्च संसदीय संस्कारमार्फत लोकतन्त्रलाई अझ सुदृढ बनाउन सबै राजनीतिक दल र सांसदहरूले साझा प्रतिबद्धताका साथ अघि बढ्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved