काठमाडौं । सम्माननीय सभामुख डोलप्रसाद (डीपी) अर्याल महालेखापरीक्षकको कार्यालयको ६८औँ वार्षिकोत्सव समारोहमा सहभागी हुने भएका छन्। सोमबार आयोजना हुने उक्त कार्यक्रममा सभामुख अर्यालले उपस्थित भई महालेखापरीक्षक कार्यालयको संस्थागत योगदान तथा सार्वजनिक वित्तीय उत्तरदायित्व सुदृढीकरणमा कार्यालयले निर्वाह गरेको भूमिकाबारे धारणा राख्ने कार्यक्रम रहेको छ।
महालेखापरीक्षकको कार्यालयले आफ्नो स्थापनाको ६८ वर्ष पूरा भएको अवसरमा वार्षिकोत्सव समारोह आयोजना गर्न लागेको हो। कार्यक्रममा संवैधानिक निकायका पदाधिकारी, उच्च सरकारी अधिकारी, पूर्व महालेखापरीक्षक, विभिन्न निकायका प्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहने जनाइएको छ।
वार्षिकोत्सव समारोहमा सार्वजनिक वित्तीय सुशासन, पारदर्शिता, जवाफदेहिता तथा राज्यको स्रोत–साधनको प्रभावकारी उपयोगमा महालेखापरीक्षक कार्यालयको भूमिकाबारे समेत चर्चा हुने अपेक्षा गरिएको छ। सभामुख अर्यालको सहभागितालाई संसद् र संवैधानिक निकायबीचको संस्थागत समन्वय तथा सुशासन प्रवर्द्धनप्रतिको प्रतिबद्धताका रूपमा हेरिएको छ।काठमाडौं ।
डोल प्रसाद (डीपी) अर्याल महालेखापरीक्षकको कार्यालयको ६८औँ वार्षिकोत्सव समारोहमा सहभागी भएका छन्। सोमबार आयोजित कार्यक्रममा सभामुख अर्यालले प्रमुख अतिथिका रूपमा उपस्थित भई वार्षिकोत्सवको शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रममा सरकारका उच्च पदस्थ अधिकारी, संवैधानिक निकायका प्रमुख तथा प्रतिनिधि, विभिन्न मन्त्रालयका कर्मचारी र सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो। समारोहमा महालेखापरीक्षक कार्यालयले सार्वजनिक वित्तीय व्यवस्थापन, सुशासन र जवाफदेहिताको क्षेत्रमा पुर्याएको योगदानबारे चर्चा गरिएको थियो।
सभामुख अर्यालले लोकतान्त्रिक शासन प्रणालीलाई प्रभावकारी बनाउन सार्वजनिक स्रोत–साधनको पारदर्शी, मितव्ययी र उत्तरदायी व्यवस्थापन आवश्यक रहेको उल्लेख गर्दै महालेखापरीक्षकको कार्यालयको भूमिका अझ प्रभावकारी हुनुपर्नेमा जोड दिएका थिए।
संविधानले व्यवस्था गरेको स्वतन्त्र संवैधानिक निकायका रूपमा महालेखापरीक्षकको कार्यालयले सरकारी निकायहरूको आर्थिक अनुशासन, पारदर्शिता र जवाफदेहिता प्रवर्द्धन गर्दै आएको छ। कार्यालयले आफ्नो स्थापना दिवसका अवसरमा प्रत्येक वर्ष वार्षिकोत्सव समारोह आयोजना गर्दै आएको छ।
