काठमाडौं । संघीय संसद सचिवालयले प्रतिनिधि सभाका माननीय सदस्यहरूका लागि संसदीय प्रक्रिया र अभ्याससम्बन्धी दुईदिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
संसदीय प्रशिक्षण शाखाद्वारा जारी सूचनाअनुसार प्रतिनिधि सभाका सबै माननीय सदस्यहरूलाई कार्यक्रममा अनिवार्य रूपमा सहभागी हुन आग्रह गरिएको छ। सचिवालयका अनुसार अभिमुखीकरण कार्यक्रममार्फत सांसदहरूलाई संसदीय प्रक्रिया, अभ्यास तथा जिम्मेवारीबारे आवश्यक जानकारी प्रदान गरिनेछ।
सूचनाअनुसार कार्यक्रम असार १५ गते बिहान १०:०० बजेदेखि बेलुका ४:०० बजेसम्म तथा असार १६ गते बिहान ११:०० बजेदेखि दिउँसो ३:३० बजेसम्म सञ्चालन हुनेछ।
कार्यक्रम संघीय संसद भवन, सिंहदरबारस्थित निर्माणाधीन प्रतिनिधि सभा हलको एकतला माथि रहेको उत्तरपूर्वी सभाहलमा आयोजना गरिने सचिवालयले जनाएको छ।
सचिवालयका उपसचिव बाबुराम बरालद्वारा हस्ताक्षरित सूचनामार्फत सबै माननीय सदस्यहरूलाई तोकिएको मिति, समय र स्थानमा उपस्थित हुन अनुरोध गरिएको छ।
