Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

एमाले खोटाङको दशौं पूर्ण बैठक सम्पन्न, मिसन जागरण अभियान प्रभावकारी रूपमा सञ्चालन गर्ने निर्णय

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 26, 2026
[webverse_shares]

दिक्तेल। नेकपा (एमाले) जिल्ला कमिटी खोटाङको दशौं पूर्ण बैठक दिक्तेलमा सम्पन्न भएको छ। बैठकले पार्टी संगठनलाई थप सुदृढ बनाउने, कार्यकर्तालाई सक्रिय बनाउने तथा केन्द्रले अघि सारेको ‘मिसन जागरण अभियान’लाई जिल्लाभर प्रभावकारी रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ।

राष्ट्रगानबाट सुरु भएको बैठक जिल्ला अध्यक्ष देवबिक्रम राईको अध्यक्षतामा सम्पन्न भएको थियो। उपाध्यक्ष कुमार आचार्यले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा जिल्ला सचिव सुरेन्द्र राईले बैठक सञ्चालन गर्नुभएको थियो। बैठकको प्रारम्भमा देश र लोकतान्त्रिक आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्ने सम्पूर्ण शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो।

बैठकमा तत्कालीन नेकपा (एकीकृत समाजवादी) का नगर अध्यक्ष यादवशेन राई औपचारिक रूपमा नेकपा (एमाले) मा समाहित हुनुभएको घोषणा गरिएको छ। उहाँको पार्टी प्रवेशले जिल्लामा एमालेको संगठन थप मजबुत बन्ने विश्वास व्यक्त गरिएको छ। साथै, अन्य राजनीतिक पृष्ठभूमिबाट आएका तथा लामो समयदेखि निष्क्रिय रहेका नेता–कार्यकर्तालाई पनि पार्टीको मूलधारमा समेट्दै संगठन विस्तारलाई तीव्रता दिने रणनीति तय गरिएको जनाइएको छ।

त्यसैगरी, विगतमा विभिन्न कारणले पार्टीको औपचारिक जिम्मेवारीमा नरहनुभएका दर्जनौं नेता–कार्यकर्तालाई उनीहरूको अनुभव, क्षमता र योगदानका आधारमा उपयुक्त जिम्मेवारी दिने निर्णय बैठकले गरेको छ। आगामी दिनमा वडा, पालिका तथा जिल्ला तहसम्म पार्टी संगठनलाई थप चलायमान बनाउँदै जनतासँग प्रत्यक्ष संवाद बढाउने, सदस्यता विस्तार, संगठन सुदृढीकरण र जनपरिचालनलाई प्राथमिकतामा राखेर केन्द्रले घोषणा गरेको ‘मिसन जागरण अभियान’ प्रभावकारी रूपमा सञ्चालन गर्ने विस्तृत कार्ययोजना समेत बैठकले पारित गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved