काठमाडौँ । काठमाडौँको कलंकीस्थित बाबा पेट्रोल पम्प नजिकै तेल बोकेको ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा एक जना घाइते भएका छन्।
दुर्घटनामा बागमती प्रदेश ०२–०२४ प ४७९४ नम्बरको स्कुटर चालक तनहुँको रुपाकोट गाउँपालिका–६ निवासी ६१ वर्षीय बलिन्द्र थापा घाइते भएका हुन्। उनको टाउको, पेट तथा कम्मरमा चोट लागेको प्रहरीले जनाएको छ। घाइते थापाको उपचार भइरहेको छ।
दुर्घटनामा संलग्न खड्कुलो पुलबाट कलंकीतर्फ आउँदै गरेको ना.६ ख ६९३८ नम्बरको तेल ट्याङ्करका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ पर्ने चालक मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ निवासी २५ वर्षीय बिक्कि रुम्बा रहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले जानकारी दिए।
प्रहरीले ट्याङ्कर नियन्त्रणमा लिएर चालकलाई हिरासतमा राखेको छ भने दुर्घटनाको कारण खुलाउन थप अनुसन्धान भइरहेको जनाएको छ।
