Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

ओभरसिज फ्रेन्डसिप इन्टरनेशनल अस्पताललाई चिनियाँ दूतावासद्वारा एम्बुलेन्स हस्तान्तरण

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 18, 2026
15 shares

प्रेम जैरु, काठमाडौ । नेपालस्थित चिनियाँ दूतावासका प्रतिनिधिहरूले गोल्कुपाखा पिपलबोट ठमेलमा रहेको ओभरसिज फ्रेन्डसिप इन्टरनेशनल अस्पताललाई अत्याधुनिक एम्बुलेन्स हस्तान्तरण गरेका छन्। अस्पताल परिसरमा आयोजित एक विशेष समारोहका बीच दूतावासका अधिकारीहरूले अस्पताल व्यवस्थापनलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा बोल्दै चिनियाँ दूतावासका प्रतिनिधिहरूले नेपालमा रहेका चिनियाँ नागरिक, अन्य पर्यटक तथा स्थानीय समुदायलाई समयमै स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पतालले पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै। उनीहरूले नयाँ एम्बुलेन्सले आकस्मिक उद्धार, कन्सुलर संरक्षण तथा आपतकालीन स्वास्थ्य सेवामा थप प्रभावकारिता ल्याउने विश्वास व्यक्त गरे।

ओभरसिज फ्रेन्डसिप इन्टरनेशनल अस्पतालले विगत चार वर्षदेखि स्थानीय समुदाय, विदेशी पर्यटक तथा नेपालमा बसोबास गर्ने विभिन्न देशका नागरिकहरूलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। अस्पताल व्यवस्थापनका अनुसार चिनियाँ दूतावासबाट प्राप्त नयाँ एम्बुलेन्स सञ्चालनमा आएपछि आपतकालीन उद्धार तथा बिरामी ओसारपसार सेवा थप सुदृढ हुनेछ। यसले हवाई उद्धारपछि बिरामीलाई अस्पतालसम्म सुरक्षित र छिटो पुर्‍याउने कार्यमा महत्वपूर्ण सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

अस्पताल नेपालस्थित चिनियाँ दूतावासको कन्सुलर संरक्षण स्वयंसेवी इकाईका रूपमा समेत कार्यरत रहेको छ। अस्पतालले उच्च हिमाली क्षेत्रबाट उद्धार गरिएका बिरामी, उचाइजन्य रोग, मस्तिष्कघात, गम्भीर निमोनिया तथा अन्य जटिल स्वास्थ्य समस्याका बिरामीहरूको उपचारमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। हालसम्म अस्पतालले दूतावाससँगको समन्वयमा दर्जनौं कन्सुलर सहायता तथा उद्धारका कार्यहरू सम्पन्न गरिसकेको जनाएको छ।

समारोहमा अस्पतालका पदाधिकारी, चिकित्सक, स्वास्थ्यकर्मी तथा चिनियाँ दूतावासका प्रतिनिधिहरू र काठमाडौं महानगरका प्रतिनिधि समेको उपस्थिति रहेको थियो। सहभागीहरूले नेपाल–चीन स्वास्थ्य सहकार्यलाई अझ प्रभावकारी बनाउँदै भविष्यमा पनि यस्ता सहयोगात्मक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved