Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

वैदेशिक रोजगार ठगी नियन्त्रणमा विभाग सक्रिय, एकै दिन २९ नयाँ उजुरी दर्ता ९ पक्राउ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 18, 2026
3 shares

काठमाडौँ । वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी नियन्त्रण तथा श्रमिकका समस्या समाधानलाई प्राथमिकता दिँदै वैदेशिक रोजगार विभागले आफ्नो अनुगमन र अनुसन्धान गतिविधिलाई थप तीव्र बनाएको छ। विभागका अनुसार असार ३ गते मात्रै २९ वटा नयाँ उजुरी दर्ता भएका छन्।

विभागको मुद्दा तथा अनुसन्धान शाखाले ठगीमा संलग्न व्यक्तिहरूमाथि कानुनी कारबाहीलाई निरन्तरता दिँदै सोही दिन २८ वटा पक्राउ पुर्जी जारी गरेको जनाएको छ। साथै, ९ जनालाई पक्राउ गरी सम्बन्धित निकायमा उपस्थित गराइएको छ भने ९ वटा मुद्दा आपसी सहमतिमार्फत मिलापत्र गराइएको विभागले जनाएको छ।

त्यसै दिन बैंक, अभियोगपत्र, रायपत्र तथा अन्य प्रशासनिक कामसँग सम्बन्धित ६८ वटा पत्राचार तथा चलानी कार्य सम्पन्न गरिएको विभागको विवरणमा उल्लेख छ।

संस्था अनुगमन शाखाले वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरिरहेका विभिन्न म्यानपावर कम्पनीलाई पाँच वटा पत्राचार गरेको छ। साथै, सेवाग्राहीलाई १६ वटा राहदानी वितरण गरिएको विभागले जनाएको छ।

यस्तै, राहत, उद्धार तथा समन्वय शाखाले छ जनाको उद्धार गर्नुका साथै दुई जनालाई क्षतिपूर्ति उपलब्ध गराएको छ। उक्त शाखामा १० वटा नयाँ उजुरी दर्ता भएका छन् भने १३ वटा द्विपक्षीय छलफल र १५ वटा परामर्श सेवा प्रदान गरिएको छ।

गुनासो व्यवस्थापनतर्फ ‘हेलो सरकार’ मार्फत प्राप्त ११ वटा गुनासोमध्ये नौ वटाको समाधान गरिएको छ। विभागको कल सेन्टरमा प्राप्त ४७ वटा गुनासोमध्ये २९ वटाको सम्बोधन भइसकेको छ भने बाँकी गुनासोहरू प्रक्रियामै रहेको जनाइएको छ।

विभागले युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको सचिवालय तथा ह्वाट्सएपमार्फत आउने राहत र उद्धारसम्बन्धी गुनासो व्यवस्थापनलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन नयाँ कार्यविधि अपनाउने सुझाव दिएको छ। आवश्यक कागजात र आधिकारिक पत्रसहित गुनासो पेश गरेमा राहत तथा उद्धार प्रक्रिया छिटो र प्रभावकारी हुने विभागको भनाइ छ।

विभागको पछिल्लो सक्रियताले वैदेशिक रोजगारीमा रहेका तथा विदेश जाने तयारीमा रहेका नेपाली श्रमिकको अधिकार संरक्षण, ठगी नियन्त्रण र सेवा प्रवाहमा सुधार ल्याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved