Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सार्वजनिक सुनुवाइ गर्न संस्थालाई ठेक्का: स्थानीय सरकारको असक्षमता कि जिम्मेवारीबाट पलायन?

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 17, 2026
29

काठमाडौं। स्थानीय सरकारलाई संविधानले जनताको सबैभन्दा नजिकको सरकारका रूपमा परिकल्पना गरेको छ। विकास निर्माण, सेवा प्रवाह, पारदर्शिता, जवाफदेहिता र जनसहभागिताको नेतृत्व गर्ने जिम्मेवारी स्थानीय तहकै काँधमा छ। तर भक्तपुर, खाेटाङ लगायत  देशका विभिन्न स्थानीय तहमा सार्वजनिक सुनुवाइजस्तो आधारभूत र कानुनी दायित्वसमेत आफैं सञ्चालन गर्न नसकी अन्य बाह्य निकाय ( छुट्टै  पत्रकारहरुका ) काे सहारा लिने प्रवृत्ति बढ्दै गएको देखिएको छ। यसले स्थानीय सरकारको क्षमता, दक्षता र जवाफदेहितामाथि गम्भीर प्रश्न खडा गरेको छ।

सार्वजनिक सुनुवाइ कुनै फाल्टाे निकायको परियोजना वा वैकल्पिक कार्यक्रम होइन। यो स्थानीय सरकार सञ्चालन ऐनको मर्मअनुसार नागरिकप्रति उत्तरदायी बन्न, योजनाको प्रगति सार्वजनिक गर्न, जनगुनासा सुन्न र सेवा प्रवाहको समीक्षा गर्न गरिने अनिवार्य प्रक्रिया हो। तर यस्ता कार्यक्रम सञ्चालनका लागि समेत बाह्य संस्थाको आर्थिक वा प्राविधिक सहयोग खोज्नुपर्ने अवस्था आउनु आफैंमा चिन्ताजनक विषय भएको सरोकारवालाहरू बताउँछन्।

स्थानीय सरकारसँग वार्षिक करोडौं रुपैयाँ बजेट, जनशक्ति, प्रशासनिक संयन्त्र र निर्वाचित नेतृत्व हुँदाहुँदै एउटा सार्वजनिक सुनुवाइ आयोजना गर्न नसक्नु के अक्षम्यता हो? कि जिम्मेवारीबाट पन्छिने प्रवृत्ति? भन्ने प्रश्न नागरिक समाजले उठाउन थालेको छ।

यदि सार्वजनिक सुनुवाइजस्तो कार्यक्रमका लागि समेत बाह्य संस्थाको मुख ताक्नुपर्ने हो भने स्थानीय सरकार आफैंले पारदर्शिता, सुशासन र जनउत्तरदायित्वको अभ्यास कसरी गर्ने? विकास निर्माणका ठूला आयोजना, बजेट व्यवस्थापन र जनअपेक्षाको सम्बोधन कसरी गर्ने? भन्ने प्रश्न झन् गम्भीर बन्दै गएको छ।

विज्ञहरूका अनुसार सार्वजनिक सुनुवाइको उद्देश्य नै जनप्रतिनिधि र कर्मचारीलाई नागरिकप्रति प्रत्यक्ष उत्तरदायी बनाउनु हो। तर यसको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी नै बाह्य निकायलाई सुम्पिँदा स्थानीय सरकारको स्वामित्व कमजोर हुने र जवाफदेहिताको मूल उद्देश्य प्रभावित हुन सक्ने जोखिम रहन्छ।

देशका धेरै स्थानीय तहमा देखिएको यो प्रवृत्तिले अर्को प्रश्न पनि जन्माएको छ—स्थानीय सरकारहरू वास्तवमै संस्थागत रूपमा सक्षम बन्न खोजिरहेका छन् कि केवल कार्यक्रम सम्पन्न भएको देखाउने औपचारिकतामा सीमित छन्?
नागरिकहरू भने स्थानीय तहहरूले बाह्य सहयोगको नाममा आफ्नो संवैधानिक जिम्मेवारीबाट पन्छिन खोजेको हो कि भन्ने आशंका व्यक्त गर्न थालेका छन्। सार्वजनिक सुनुवाइ जनताको अधिकार र स्थानीय सरकारको कर्तव्य भएकाले यसलाई आफ्नै स्रोत, साधन र उत्तरदायित्वमा सञ्चालन गर्नुपर्नेमा आफ्ना कमि कमजोरी लुकाउन र केही असल गरिएका उदाहरण देखाएर स्थानिय नागरिक भुलाउन मात्र हरेक वडाकाे लाखौं रकमकाे दुरुपयोग गरिएकाे भनि उठ्न थालेको छ।

स्थानीय सरकार जनताको विश्वासको केन्द्र बन्ने हो भने पारदर्शिता र जवाफदेहिताको अभ्यास अरूको भरमा होइन, आफ्नै नेतृत्व र क्षमतामा गर्न सक्नुपर्ने देखिन्छ। अन्यथा “जनताको सबैभन्दा नजिकको सरकार” भन्ने नारामाथि नै प्रश्न उठिरहनेछ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved