Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सामाजिक सञ्जालमा खुकुरी देखाई धम्काएर कुटपिट गरेको भिडियो पोस्ट गर्ने व्यक्ति लागुऔषधसहित पक्राउ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 17, 2026
0 shares

दाङ । सामाजिक सञ्जालमा एक युवतीलाई जंगलमा लगेर खुकुरी देखाउँदै डरधम्की दिने, कुटपिट गर्ने तथा आपत्तिजनक व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि दाङ प्रहरीले मुख्य आरोपितलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) डा. हेमराज केसीका अनुसार तुलसीपुर उपमहानगरपालिका–२ भंके निवासी २४ वर्षीय रमेश ठाडा मगरलाई इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा रमेशले एक युवतीलाई जंगल क्षेत्रमा लगेर खुकुरी देखाई डरधम्की दिने, कुटपिट गर्ने तथा अपमानजनक शब्द प्रयोग गरेको देखिएको थियो। भिडियो सार्वजनिक भएसँगै घटनाको व्यापक आलोचना भएपछि प्रहरीले तत्काल अनुसन्धान अघि बढाएको थियो।

प्रहरी टोलीले उनलाई घरबाटै पक्राउ गर्ने क्रममा विभिन्न प्रकारका लागुऔषधजन्य ट्याब्लेटसमेत बरामद गरेको जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा तुलसीपुरकै २१ वर्षीय जिबराज खत्रीलाई पनि नियन्त्रणमा लिइएको छ।

प्रवक्ता केसीका अनुसार पीडित युवतीको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने घटनासम्बन्धी थप अनुसन्धान जारी छ। प्रारम्भिक अनुसन्धानका आधारमा पक्राउ परेका व्यक्तिविरुद्ध सार्वजनिक अपराध, अभद्र व्यवहार, कुटपिट, धम्की तथा लागुऔषधसम्बन्धी कसुरसहित विभिन्न प्रकृतिका मुद्दा आकर्षित हुन सक्ने प्रहरीको भनाइ छ।

घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि दोषीमाथि कडा कारबाहीको माग गर्दै सर्वसाधारणले चर्को आलोचना गरेका थिए। महिलामाथि हुने हिंसा तथा दुर्व्यवहारका घटनामा शून्य सहनशीलताको नीति अपनाइने भन्दै प्रहरीले कानुनी प्रक्रियाअनुसार आवश्यक कारबाही अघि बढाइएको जनाएको छ।

प्रहरीले सामाजिक सञ्जालमा हिंसा, धम्की वा आपराधिक गतिविधि झल्किने सामग्री सार्वजनिक गर्नु आफैंमा गम्भीर विषय भएको उल्लेख गर्दै यस्ता घटनाबारे जानकारी भए तत्काल प्रहरीलाई सूचित गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved