Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

खोटाङमा संघीय सरकारको अर्बौं लगानीः पूर्वाधारदेखि स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षासम्म व्यापक बजेट

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 16, 2026
0 shares

खोटाङ । आर्थिक वर्ष २०८३/०८४ का लागि संघीय सरकारले खोटाङ जिल्लामा पूर्वाधार, सडक, पुल, खानेपानी, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, रोजगार तथा सामाजिक सुरक्षा क्षेत्रका लागि अर्बौं रुपैयाँ बराबरका कार्यक्रम तथा बजेट विनियोजन गरेको छ। जिल्लाभर सञ्चालन हुने योजनामध्ये सबैभन्दा ठूलो बजेट ऊर्जा तथा जलस्रोत क्षेत्रतर्फ परेको छ।

पूर्वाधार विकासमा ४० करोडभन्दा बढी :
पूर्वाधार विकास मन्त्रालयमार्फत खोटाङमा सुनकोशी, दुधकोशी, सोलु खोला, सावा खोला लगायत विभिन्न नदीमा मोटरेबल पुल निर्माण, हलेसी–दिक्तेल तथा दिक्तेल–चखेवा राष्ट्रिय राजमार्ग स्तरोन्नति, पहिरो नियन्त्रण तथा स्वर्ण सगरमाथा बृहत् चक्रपथ निर्माणका लागि करिब ४४ करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरिएको छ।
सुनकोशी पुल निर्माणका लागि ५ करोड, स्वर्ण सगरमाथा बृहत् चक्रपथका लागि ९ करोड, दिक्तेल–चखेवा सडकका लागि ४ करोड, हलेसी–दिक्तेल सडकका लागि ३ करोड तथा विभिन्न पुल निर्माणका लागि १ करोड ५० लाखदेखि ३ करोड रुपैयाँसम्म बजेट छुट्याइएको छ।

शहरी विकासमा करिब ६० करोड रुपैयाँ :
शहरी विकास मन्त्रालयले दिक्तेल, हलेसी तथा जिल्लाका अन्य स्थानीय तहहरूमा शहरी पूर्वाधार, सडक स्तरोन्नति, झोलुङ्गे पुल, बस्ती विकास तथा सडक सुरक्षा कार्यक्रमका लागि करिब ६० करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको छ।
दिक्तेल र हलेसी बजारको शहरी पूर्वाधार विकासका लागि ३/३ करोड, हलेसी एकीकृत शहरी विकास कार्यक्रमका लागि २ करोड २० लाख, विभिन्न गाउँपालिका तथा नगरपालिकामा सडक स्तरोन्नति कार्यक्रमका लागि १ करोड ५० लाखदेखि ६ करोड रुपैयाँसम्म बजेट छुट्याइएको छ।

खानेपानी क्षेत्रमा १८ करोडभन्दा बढी :
खानेपानी मन्त्रालयले जिल्लाका विभिन्न क्षेत्रमा लिफ्टिङ तथा बृहत् खानेपानी आयोजनाका लागि १८ करोडभन्दा बढी बजेट विनियोजन गरेको छ।
मेवादोभान–साब्सुकालिका खानेपानी आयोजना, दिप्रुङ लिफ्टिङ खानेपानी आयोजना, बाक्सिला लिफ्ट खानेपानी आयोजना तथा हलेसी क्षेत्र बृहत् पम्पिङ खानेपानी आयोजनाका लागि ३/३ करोड रुपैयाँ छुट्याइएको छ। हलेसी बृहत् लिफ्टिङ खानेपानी आयोजनाका लागि १ करोड तथा जन्तेढुङ्गा बृहत् खानेपानी आयोजनाका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको छ।

ऊर्जा तथा सिंचाइ क्षेत्रमा ४३४ करोडभन्दा बढी:
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमार्फत दुधकोशी जलाशययुक्त जलविद्युत आयोजनाका लागि मात्रै ४ अर्ब २४ करोड ५९ लाख रुपैयाँ विनियोजन गरिएको छ।
यसबाहेक चिम्चिमा खोला सिंचाइ आयोजनाका लागि ५ करोड ३२ लाख, दुधकोशी–लिखु एकीकृत सिंचाइ योजनाका लागि ३ करोड ९० लाख, विभिन्न सिंचाइ आयोजना तथा नदी नियन्त्रण कार्यक्रमका लागि थप करोडौं रुपैयाँ विनियोजन गरिएको छ।

स्वास्थ्यतर्फ ४७ करोड ५२ लाख :
स्थानीय तहगत स्वास्थ्य कार्यक्रमका लागि खोटाङका १० स्थानीय तहमा कुल ४७ करोड ५२ लाख रुपैयाँभन्दा बढी बजेट विनियोजन गरिएको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका – ७ करोड ५१ लाख
हलेसी तुवाचुङ नगरपालिका – ७ करोड
एसेलुखर्क गाउँपालिका – ५ करोड ८० लाख
खोटेहाङ गाउँपालिका – ५ करोड २४ लाख
दिप्रुङ चुइचुम्मा गाउँपालिका – ४ करोड १ लाख
केपिलासगढी गाउँपालिका – ३ करोड ९८ लाख
जन्तेढुङ्गा गाउँपालिका – ३ करोड ९७ लाख
बराहपोखरी गाउँपालिका – ३ करोड ७५ लाख
रावाबेसी गाउँपालिका – ३ करोड ६९ लाख
साकेला गाउँपालिका – २ करोड ५७ लाख

शिक्षामा १ अर्ब ९६ करोडभन्दा बढी :
शिक्षा तथा खेलकुद मन्त्रालयले स्थानीय तहमार्फत विद्यालय शिक्षा कार्यक्रमका लागि करिब १ अर्ब ९६ करोड रुपैयाँ विनियोजन गरेको छ।
सबैभन्दा बढी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ४२ करोड ३७ लाख रुपैयाँ प्राप्त गरेको छ भने हलेसी तुवाचुङ नगरपालिकाले २७ करोड २६ लाख रुपैयाँ पाएको छ।
अन्य स्थानीय तहले ११ करोडदेखि २२ करोड रुपैयाँसम्म प्राप्त गरेका छन्। साथै साकेला गाउँपालिका–५ मा कभर्डहल निर्माणका लागि थप ३ करोड रुपैयाँ विनियोजन गरिएको छ।

कृषि तथा वन क्षेत्रमा ६ करोडभन्दा बढी :
कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ खोटाङका लागि ३ करोड ९० लाख ५२ हजार रुपैयाँ विनियोजन गरिएको छ। स्थानीय तहहरूमा कृषि तथा वातावरणीय कार्यक्रम सञ्चालनका लागि २ करोड ८७ लाख रुपैयाँ वितरण गरिएको छ।
यसैगरी बाँस उद्यान विकासका लागि ४० लाख, रेड पाण्डा बासस्थान पुनःस्थापनाका लागि २० लाख तथा कालीका भगवती मन्दिर सौन्दर्यीकरण तथा नर्सरी व्यवस्थापनका लागि ३६ लाख रुपैयाँ बजेट छुट्याइएको छ।

सामाजिक सुरक्षामा ९१ करोडभन्दा बढी :
महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत सामाजिक सुरक्षा भत्ता तथा संरक्षण कार्यक्रमका लागि मात्र खोटाङका स्थानीय तहहरूमा ९१ करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरिएको छ।
सबैभन्दा बढी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले २२ करोड ४७ लाख रुपैयाँ प्राप्त गरेको छ भने हलेसी तुवाचुङ नगरपालिकाले १२ करोड ६९ लाख रुपैयाँ प्राप्त गरेको छ।

पर्यटन तथा संस्कृति संरक्षणमा बजेट :
हलेसी तुवाचुङ क्षेत्रको पर्यटन विकास अध्ययनका लागि १० लाख ५० हजार, पित्रुङ्छा राईको साकेला पार्क निर्माणका लागि ३० लाख तथा विभिन्न मन्दिर र धार्मिक सम्पदा संरक्षणका लागि ३ लाखदेखि १२ लाख रुपैयाँसम्म बजेट विनियोजन गरिएको छ।

रोजगार प्रवर्द्धन कार्यक्रम :
राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रमअन्तर्गत स्थानीय तहहरूलाई १२ लाखदेखि १८ लाख रुपैयाँसम्म बजेट उपलब्ध गराइएको छ। सुरक्षित आप्रवासन (SaMi) कार्यक्रमअन्तर्गत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई २८ लाख तथा हलेसी तुवाचुङ नगरपालिकालाई ९ लाख रुपैयाँ विनियोजन गरिएको छ।

संघीय सरकारले विनियोजन गरेको यी योजनाहरू : कार्यान्वयनमा आए खोटाङको सडक, पुल, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा सामाजिक सुरक्षाको क्षेत्रमा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ। जिल्लामा पहिलो पटक यति व्यापक र बहुआयामिक बजेट विनियोजन भएकाले स्थानीयवासीले यसको प्रभावकारी कार्यान्वयनमा विशेष चासो व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved