Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

इरानसँगको युद्ध अन्त्य भएको ट्रम्पको दाबी, तेहरानको प्रतिवाद– ‘अहिलेसम्म कुनै अन्तिम सम्झौता भएको छैन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 12, 2026
58

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्य भएको दाबी गर्दै दुई देशबीच महत्वपूर्ण समझदारीको अन्तिम चरणमा पुगेको बताएका छन्। तर इरानले भने कुनै अन्तिम सम्झौता नभएको स्पष्ट पारेको छ।

बिहीबार ह्वाइट हाउसको ओभल अफिसमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले इरानले आणविक हतियार नबनाउने प्रतिबद्धता जनाएको र यही अमेरिकाको प्रमुख उद्देश्य रहेको बताए। उनले सम्भावित सम्झौता केही दिनभित्र युरोपमा हस्ताक्षर हुन सक्ने संकेत गर्दै त्यसका लागि उपराष्ट्रपति जेडी भान्स सहभागी हुन सक्ने बताए। ट्रम्पका अनुसार सम्झौता कार्यान्वयनमा आएपछि रणनीतिक जलमार्ग स्ट्रेट अफ हर्मुज पुनः खुला गरिनेछ। उनले सोही दिनका लागि तय गरिएका सैन्य आक्रमणसमेत स्थगित गरिएको जानकारी दिए।

तर इरानले ट्रम्पको दाबीलाई तत्काल स्वीकार गरेको छैन। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले हालसम्म कुनै अन्तिम निर्णय नभएको र सम्झौता सम्पन्न भइसकेको भन्ने चर्चा समयअघि गरिएको अड्कलबाजी मात्र भएको बताएका छन्। उनले वार्तामा केही प्रगति भए पनि इरानले आफ्ना ‘रेड लाइन’ सम्बन्धी विषयमा कुनै सम्झौता नगर्ने स्पष्ट पारे।

कतार तथा अन्य मध्यस्थकर्ताको पहलमा वार्ता जारी रहे पनि केही महत्वपूर्ण विषयमा अझै सहमति जुट्न बाँकी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

यसैबीच, ट्रम्पको घोषणाले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई समेत आश्चर्यमा पारेको बताइएको छ। नेतन्याहुले इरानको आणविक कार्यक्रम नियन्त्रणमा ल्याउने प्रयासको प्रशंसा गरे पनि इजरायल उक्त प्रारम्भिक समझदारीको प्रत्यक्ष पक्ष नरहेको जनाइएको छ।

युद्ध अन्त्यतर्फ कूटनीतिक पहल अघि बढेको संकेतसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ भने अमेरिकी शेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved