Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

कञ्चनपुरमा गड्यौला मलप्रति किसानको बढ्दो आकर्षण, उत्पादन र आम्दानी दुवैमा लाभ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 10, 2026
3 shares

कञ्चनपुर । रासायनिक मलको बढ्दो प्रयोगले माटोको उर्वराशक्ति घट्दै गएको चिन्ताबीच कञ्चनपुरका किसानहरू गड्यौला मल (भर्मी कम्पोस्ट) तर्फ आकर्षित हुन थालेका छन्। उत्पादनको गुणस्तर सुधार, माटोको स्वास्थ्य संरक्षण र अतिरिक्त आम्दानीको सम्भावनाले किसानहरू प्राङ्गारिक खेतीतर्फ उन्मुख हुन थालेका हुन्।

किसानहरूलाई जैविक मल उत्पादनतर्फ प्रोत्साहित गर्ने उद्देश्यले शुक्लाफाँटा नगरपालिकाले ‘एक वडा, एक उद्यम’ कार्यक्रमअन्तर्गत गड्यौला मल उत्पादनसम्बन्धी सीप हस्तान्तरण अभियान सञ्चालन गरेको छ। नगरपालिकाले गैरसरकारी संस्था निड्स नेपालको सहकार्यमा हालै २५ जना किसानलाई तीनदिने सैद्धान्तिक तथा प्रयोगात्मक तालिम प्रदान गरेको जनाएको छ।

तालिममा सहभागी किसानलाई गड्यौला मल उत्पादन विधि, यसको कृषि महत्त्व, व्यावसायिक सम्भावना तथा बजारीकरणका विभिन्न पक्षबारे जानकारी गराइएको थियो।

तालिमका प्रशिक्षक तथा अनुभवी गड्यौला मल उत्पादक वीरबहादुर हमालले रासायनिक मलको अत्यधिक प्रयोगका कारण खेतीयोग्य जमिनको गुणस्तर खस्कँदै गएको बताए। उनले माटोमा रहेका उपयोगी जीवाणु नष्ट हुनु, उत्पादन लागत बढ्दै जानु र दीर्घकालीन रूपमा खेती प्रणालीमा नकारात्मक असर पर्न थालेपछि किसानहरू वैकल्पिक तथा दिगो उपायको खोजीमा लागेको उल्लेख गरे।

“गड्यौला मल माटोका लागि मात्र होइन, बिरुवाका लागि पनि अत्यन्त उपयोगी हुन्छ,” हमालले भने, “यसलाई बिरुवाको तयारी खाना पनि भन्ने गरिन्छ। बिरुवाको जरामा प्रयोग गरेको चार–पाँच दिनमै सकारात्मक प्रभाव देखिन थाल्छ।”

उनका अनुसार गड्यौला मलमा नाइट्रोजन, फस्फोरस, पोटास, क्याल्सियम, जिङ्क, बोरोनलगायत बिरुवाको वृद्धि र उत्पादनका लागि आवश्यक विभिन्न पोषकतत्व प्रशस्त मात्रामा पाइन्छन्। यसले माटोको संरचना सुधार्नुका साथै पानी धारण गर्ने क्षमता बढाउने र जैविक सक्रियता वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्छ।

पछिल्ला वर्षहरूमा विशेषगरी तरकारी खेती, फलफूल उत्पादन, कौसी खेती तथा नर्सरी व्यवसायमा संलग्न किसानहरूले गड्यौला मलको प्रयोग बढाउन थालेका छन्। बजारमा जैविक उत्पादनको माग बढ्दै जाँदा गड्यौला मलको व्यापारिक सम्भावना पनि विस्तार हुँदै गएको देखिन्छ।

हमालका अनुसार केही वर्षअघिसम्म किसानलाई गड्यौला मलको महत्त्व बुझाउन कठिन हुने गरेको थियो। तर अहिले अवस्था फेरिएको छ। “पहिले यसको उपयोगिताबारे धेरैलाई जानकारी थिएन, अहिले भने मागअनुसार मल उपलब्ध गराउनै कठिन हुन थालेको छ,” उनले भने।

कृषि विज्ञहरूका अनुसार रासायनिक मलमाथिको निर्भरता कम गर्दै प्राङ्गारिक खेतीलाई प्रवर्द्धन गर्न सके कृषि उत्पादनलाई दिगो, सुरक्षित र वातावरणमैत्री बनाउन सकिन्छ। स्थानीय तहहरूले यस्ता तालिम तथा प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिए किसानको आम्दानी बढ्नुका साथै माटोको स्वास्थ्य संरक्षणमा समेत सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved