Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

रास्वपा गण्डकी अधिवेशन : डा. हरि कार्कीको सम्भावित उम्मेदवारीले बढायो चर्चा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 10, 2026
0 shares

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेशको जेठ २९ गते हुने प्रदेश अधिवेशन नजिकिँदै जाँदा सभापति पदको प्रतिस्पर्धा थप रोचक बन्ने संकेत देखिएको छ। पार्टीभित्र वैकल्पिक राजनीति तथा सामाजिक अभियानका अभियन्ता डा. हरि कार्की सभापति पदका सम्भावित दाबेदारका रूपमा चर्चामा आएका छन्।

पार्टी स्रोतहरूका अनुसार डा. कार्की सभापति पदमा उम्मेदवारी दिने तयारीमा रहेको चर्चा गण्डकी प्रदेशका नेता–कार्यकर्तामाझ तीव्र बनेको छ। यद्यपि उनले हालसम्म आफ्नो उम्मेदवारीबारे औपचारिक घोषणा गरेका छैनन्।

डा. कार्की वैकल्पिक राजनीतिक अभियानसँग लामो समयदेखि जोडिएका व्यक्तित्व हुन्। उनी स्थानीय तहलाई निर्दलीय बनाउने ‘अटेरी अभियान’का संस्थापक सदस्य, ‘लौरो अभियान’का केन्द्रीय प्रवक्ता, ‘नागरिक बचाउ अभियान’का अध्यक्ष मण्डल सदस्य तथा संगठन विभाग प्रमुख, ‘नागरिक विद्रोह’का संयोजक र ‘जेन जी २.०’ का केन्द्रीय संरक्षकका रूपमा सक्रिय रहँदै आएका छन्। हाल उनी रास्वपाको केन्द्रीय सहकारी विभाग सदस्यको जिम्मेवारीमा रहेका छन्।

लौरो अभियान र रास्वपाबीच भएको समायोजन प्रक्रियामार्फत पार्टीमा आबद्ध भएका कार्कीलाई वैकल्पिक राजनीतिक धाराका स्थापित अभियन्ताका रूपमा लिने गरिन्छ। लौरो अभियानसँग आबद्ध विभिन्न जिल्लाका अभियन्ताहरूको पार्टीभित्र समायोजन प्रक्रिया पनि जारी रहेको बताइन्छ।

शिक्षा र व्यवस्थापन क्षेत्रमा समेत लामो अनुभव रहेका कार्कीले २६ वर्षभन्दा बढी समय शिक्षण पेशामा बिताएका छन्। वित्त तथा लेखाशास्त्र विषयका विशेषज्ञ मानिने उनी हाल हिमाल कलेज अफ म्यानेजमेन्टका क्याम्पस प्रमुखका रूपमा कार्यरत छन्।

उनीसँग निकट रहेर काम गरेका नेता तथा कार्यकर्ताहरूका अनुसार कार्की संगठन निर्माण, रणनीतिक योजना तर्जुमा, समन्वय र व्यवस्थापनमा दक्ष व्यक्तित्व हुन्। विभिन्न समूहबीच संवाद र सहकार्यको वातावरण निर्माण गर्न सक्ने क्षमता उनका सबल पक्षका रूपमा लिइन्छ।

रास्वपा गण्डकी प्रदेश अधिवेशन नजिकिँदै जाँदा नेतृत्वका आकांक्षीहरूको चर्चा बढिरहेको छ। यस्तो अवस्थामा डा. कार्कीले उम्मेदवारी घोषणा गरेमा सभापति पदको प्रतिस्पर्धा थप आकर्षक, प्रतिस्पर्धात्मक र चासोको विषय बन्न सक्ने राजनीतिक वृत्तमा चर्चा छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved