Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नझरेकाफुलहरुले गर्यो श्रद्धेय गणेश रसिकको स्मृतिमा “श्रद्धाञ्जली साँझ” को आयोजना

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 8, 2026
[webverse_shares]

हिमांशु राय -मोरङ /वरिष्ठ स्रष्टा श्रद्धेय गणेश रसिकज्यूको स्मृतिमा नझरेका फूलहरू” द्वारा मोरङको ईन्द्रपुर नगरपालिका विराटचौकको प्लानेट लाउन्ज स्थित ‘श्रद्धाञ्जलि साँझ’ समारोहको आयोजना सु सम्पन्न गरेको छ।

नेपाली साहित्य तथा संस्कृति क्षेत्रमा गणेश रसिक अत्यन्तै महत्त्वपूर्ण ब्याक्तीत्वका रुपमा चिरपरिचित छन्।त्यसो त उनले नेपाली गीत संगीत,साहित्य र संस्कृतिको लागि ठूलो त्याग र वलिदान गरेको स्मरण गर्न सकिन्छ।एकताका उनका गीत संगीत नेपाली जन जिब्रोमा झुण्डिने मात्र होईन तर नेपाली मजदुर,किसान,श्रमजीवी र आम भुईँमान्छेहरुको जिवनमा उनको गीत संगितले ठूलो प्रभाव जमाएको हामी पाउदछौ।उसताका उनि रेडियो नेपालमा जागिरे हुन भन्दा अघि रेकर्डिङ गरेका उनका गीतहरुले नेपाली स्रोताहरुको ओैधि मन जितेको थियो।

यस्ता होनहार स्रष्टा को गत बर्ष दु:खद देहान्त हुनुले नेपाली कलाकारिता क्षेत्रमा ठूलो क्षति भयो।उनको देहान्त हुनु एक दिन अघि मात्र उनलाई गीतकार संघ नेपालले अमर भावना राष्ट्रिय स्रष्टा सम्मानले सम्मान गरेको थियो।
गणेश रसिक नेपाली गीत संगीत,साहित्य र सांस्कृतिक आन्दोलनका एक बहुआयामिक स्रष्टा थिए। उहाँको वास्तविक नाम गणेशकुमार राई हो। उनको जन्म भोजपुर जिल्लाको छिनामाखुमा वि.सं. २००४ सालमा भएको थियो र पछि इलाममा बसोबास गर्न ईलाम तिर पुगे उनि।बहुआयामिक प्रतिभासाली उनि गायक, गीतकार, संगीतकार, कवि, कथाकार, निबन्धकार र नियात्राकारका रूपमा पनि परिचित छन्।
दुर्भाग्यवश, लामो समयदेखि प्रोस्टेट क्यान्सरसँग संघर्ष गरिरहेका गणेश रसिकको २०८२ साल जेठ १८ गते निधन भएको थियो।

उनले नेपाल र नेपालीलाई दर्जनौ चर्चित गीतहरू उपहार छोडि गएकाछन्।
गणेश रसिकले आफ्नै शब्द, संगीत र स्वरमा धेरै लोकप्रिय गीतहरू गाएका छन्। तीमध्ये केही गीतहरु,
नेपालमा जन्मँदै नेपाली हुनेहरू
मेरी सिम्मा
समुद्र बीचको
नून जस्तो बिल्ने
मेरो अतीतलाई
हुस्सुले छोपेको सहरमा
ए है घरबेटी नानी (कमला श्रेष्ठसँग डोईट )
यी कालजयी गीतहरूमा नेपाली माटो, गाउँघर, प्रेम, सामाजिक यथार्थ र राष्ट्रिय भावनाले ओतप्रोत अतिनै सुन्दर अभिव्यक्तिहरु असरल्ल नेपाली परिवेशमा छरिएको पाइन्छ।
उनको नेपाली साहित्यमा पनि विशिष्ट योगदान थियो।
गीत संगीत मात्र नभई साहित्य क्षेत्रमा पनि अत्यन्त सक्रिय थिए उनि।

उनका चर्चित कृतिहरूमा, 
दसगजामा उभिएर
ताराभन्दा सपना धेरै
मुनिया र उसको छोरो
आकाशगंगाको ओतमुनि
पेरुङ्गो
छपक्कै मनमा बसेकाहरू लगायत पर्दछन्।

उनले विभित्र राष्ट्रिय सम्मान ,पुरस्कार तथा पदकहरु प्राप्त गरेका थिए। दसगजामा उभिएर कृतिका लागि उनले पद्मश्री साहित्य पुरस्कार समेत प्राप्त गर्न सफल भए।

गणेश रसिक नेपाली गीत-संगीतमा लोकगन्ध, राष्ट्रिय चेतना र साहित्यिक गहिराइ मिसाएर आफ्नै पहिचान बनाउने स्रष्टाका रूपमा सधैं नेपाली समाजले उनलाई सम्झीरहनेछ। उनको “नेपालमा जन्मँदै नेपाली हुनेहरू” गीत आज पनि नेपाली जनमानसमा अत्यन्त लोकप्रिय छ।
यस्ता अमर होनहार राष्ट्रका ऐतिहासिक स्रष्टाको स्मृतिमा आयोजित “श्रद्धाञ्जली साँझ” कार्यक्रममा राष्ट्रिय गायक कलाकार र स्थानिय गायक,कलाकार
साहित्यकार,संस्कृतिकर्मीहरुको बाक्लो उपस्थिति हुनु स्रष्टा प्रतिको अपार माया सद्भाव र सम्मान हो। अमर स्रष्टाको स्मृतिमा आयोजित “श्रद्धाञ्जली साँझ”समारोहमा सहभागी भएर आ आफ्नो प्रस्तुती दिनेहरुमा चर्चित गायक लाक्पा शेर्पा,दुर्गा पराजुली,संजिव धिमाल,यमुना पराजुली,मेखराज कार्की, लक्ष्मी मादेन,युवेन्द्र शाक्य लगायतले श्रद्धेय सर्जक गणेश रसिकज्यूका कालजयी सृजनाहरूलाई प्रस्तुत गरेर उहाँ प्रती श्रद्धाञ्जली अर्पण गरे।

“श्रद्धाञ्जली साँझ” व्यवस्थापनका निम्ति पुरन याक्खा, यादव भट्टराई, धर्मेन्द्र केसी, दुर्गा सापकोटा चम्लागाईँ, वासु अधिकारी, प्लानेट लाउञ्ज क्याफे परिवार, इटहरी साउण्ड सिस्टम र प्रवीण शाह, श्रीनारायण प्रिन्टिङ प्रेस तथा हेमन्त घिमिरे, निमेष घिमिरे, आर के प्रधान, रमेश निरौला, राजेश थापा, गीताप्रसाद श्रेष्ठ, रुपनारायण श्रेष्ठ, बृषिका राई, सुमन याक्खा,लोक मोक्तान, किरण टी. लिम्बू,संचारकर्मी खेमचन्द्र अधिकारी,ज्ञाननाथ ढकाल सहित अन्य प्रत्यक्ष र परोक्ष रुपमा यसरी स्मृति “श्रद्धाञ्जली साँझ” समारोह आयोजना गर्न सहयोग पुर्‍याउनुहुने विभिन्न सङ्घसंस्था तथा सहयोगी मनहरू लाई आयोजक नझरेका फुलहरुका कार्यक्रम प्रस्तोता तथा निर्देशक के पि घिमिरेले धन्यवाद कृतज्ञता सहित आभार ब्याक्त गरेकाछन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved