Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

असार १ गतेदेखि डिम्याट खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 8, 2026
0 shares

काठमाडौं । धितोपत्र कारोबारका लागि आवश्यक हितग्राही खाता (डिम्याट खाता) खोल्न तथा नवीकरण गर्न अब राष्ट्रिय परिचयपत्र अनिवार्य हुने भएको छ। सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले आगामी असार १ गतेदेखि लागू हुने गरी यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउन लागेको हो।

सीडीएससीका अनुसार नयाँ डिम्याट खाता खोल्ने तथा पुराना खाता नवीकरण गर्ने सबै लगानीकर्ताले राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। यस सम्बन्धमा सीडीएससीले सम्पूर्ण निक्षेप सदस्य (डिपोजिटरी पार्टिसिपेन्ट–डीपी) हरूलाई आवश्यक निर्देशनसमेत जारी गरिसकेको छ।

सीडीएससीले गत फागुन १९ गते नै ब्याक अफिस प्रणाली प्रयोग गर्ने निक्षेप सदस्यहरूलाई पत्राचार गर्दै हितग्राही खाताको विवरणमा राष्ट्रिय परिचय नम्बर समावेश गर्न सक्ने गरी प्रणाली अद्यावधिक गर्न निर्देशन दिएको थियो। सोही तयारीअनुसार अब नयाँ व्यवस्था कार्यान्वयनमा आउन लागेको हो।

सीडीएससीका वरिष्ठ आईटी अधिकृत किशोरप्रसाद भट्टका अनुसार धितोपत्र बजारलाई थप व्यवस्थित, सुरक्षित र पारदर्शी बनाउने उद्देश्यले राष्ट्रिय परिचयपत्रलाई अनिवार्य बनाइएको हो। उनले सीडीएससी सञ्चालक समितिको जेठ १३ गते बसेको बैठकले उक्त निर्णय गरेको जानकारी दिए।

उनका अनुसार राष्ट्रिय परिचयपत्र अनिवार्य भएपछि लगानीकर्ताको एकीकृत पहिचान सुनिश्चित हुने, विवरणको शुद्धता कायम रहने तथा दोहोरो वा गलत विवरणका आधारमा खाता सञ्चालन हुने जोखिम न्यूनीकरण हुने अपेक्षा गरिएको छ।

पछिल्ला वर्षहरूमा नेपालको पूँजीबजारमा लगानीकर्ताको संख्या तीव्र रूपमा वृद्धि भएको छ। बजार विस्तारसँगै नियामक निकायहरूले निगरानी र अभिलेख व्यवस्थापनलाई पनि थप प्रभावकारी बनाउने प्रयास गरिरहेका छन्। विशेषगरी सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी अनुसन्धानका क्रममा पूँजीबजारसँग सम्बन्धित व्यक्ति तथा संस्थाको संलग्नता देखिन थालेपछि लगानीकर्ताको पहिचान र विवरण अद्यावधिकलाई उच्च प्राथमिकता दिइएको छ।

राष्ट्रिय परिचयपत्रलाई डिम्याट खातासँग आबद्ध गर्ने व्यवस्थाले लगानीकर्ताको वास्तविक पहिचान सुनिश्चित गर्न तथा वित्तीय प्रणालीमा पारदर्शिता बढाउन सहयोग पुग्ने विश्वास सीडीएससीको छ।

हाल देशभर ७८ लाख ८० हजारभन्दा बढी डिम्याट खाता सञ्चालनमा रहेका छन्। तीमध्ये शेयर अभौतिकीकरण तथा कारोबारका लागि प्रयोग हुने ‘मेरो शेयर’ खाताको संख्या ६९ लाख ५९ हजारभन्दा बढी रहेको छ। यद्यपि सक्रिय रूपमा प्रयोग भइरहेको मेरो शेयर खाताको संख्या भने ५१ लाख २२ हजारभन्दा केही बढी मात्र रहेको तथ्यांकले देखाएको छ।

सीडीएससीको नयाँ व्यवस्थासँगै आगामी दिनमा डिम्याट खातासम्बन्धी अभिलेख थप व्यवस्थित हुने र लगानीकर्ताको पहिचान प्रणाली अझ प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved