Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

रास्वपा लमजुङको सभापतिमा अशोक सापकोटा सर्वसम्मत चयन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 8, 2026
[webverse_shares]

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लमजुङ जिल्ला समितिको सभापतिमा अशोक सापकोटा सर्वसम्मत रूपमा चयन भएका छन्। प्रारम्भिक निर्वाचनमा पाँच जना उम्मेदवारबीच प्रतिस्पर्धा भए पनि कसैले स्पष्ट बहुमत हासिल गर्न नसकेपछि दोस्रो चरणको मतदानको तयारी गरिएको थियो। तर, दोस्रो स्थानमा रहेका उम्मेदवार भोलानाथ शर्माले सापकोटालाई समर्थन गरेपछि सर्वसम्मत नेतृत्व चयन भएको हो।

निर्वाचन परिणामअनुसार सापकोटाले सर्वाधिक ६९ मत प्राप्त गरेका थिए। उनका निकटतम प्रतिस्पर्धी शर्माले ४९ मत पाएका थिए। यस्तै, हरिबहादुर धितालले ३३, विजय रञ्जन पौडेलले १६ तथा नवराज पहाडीले ७ मत प्राप्त गरेका थिए।

रास्वपाको विधानअनुसार कुनै उम्मेदवारले कुल मतको बहुमत प्राप्त नगरेमा सर्वाधिक मत ल्याउने दुई उम्मेदवारबीच दोस्रो चरणको निर्वाचन हुनुपर्ने व्यवस्था छ। सोहीअनुसार सापकोटा र शर्मा दोस्रो चरणमा जाने निश्चित भए पनि शर्माले पार्टीको एकता र संगठन सुदृढीकरणलाई प्राथमिकता दिँदै सापकोटालाई समर्थन गर्ने घोषणा गरेका थिए। त्यसपछि सापकोटा सर्वसम्मत रूपमा सभापतिमा चयन भएका हुन्।

जिल्ला अधिवेशनबाट उपसभापतिमा सन्तोषी गौली निर्वाचित भएकी छन्। उनले ८६ मत प्राप्त गर्दै विजय हासिल गर्दा उनका निकटतम प्रतिस्पर्धी प्रकाश थापाले ६९ मत र बाबुराम अधिकारीले १९ मत प्राप्त गरेका थिए।

यसैगरी, सचिव पदमा मिना खड्का भारी मतान्तरसहित निर्वाचित भएकी छन्। खड्काले १ सय १९ मत प्राप्त गर्दा ज्ञानेन्द्र शर्माले २८ मत र मिलन शर्मा दनाईले २५ मत पाएका थिए।

सहसचिव पदमा भने प्रतिस्पर्धा निकै रोचक बनेको थियो। गोविन्दबहादुर घले ६६ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी एकनारायण श्रेष्ठले ६२ मत प्राप्त गरे। अर्का उम्मेदवार महेन्द्रबहादुर थापाले ४० मत पाए।

त्यसैगरी, जिल्ला सदस्य पदमा सविता अधिकारी बराल, सुरेन्द्रलाल श्रेष्ठ, सिंहबहादुर घले र श्याम गुरुङ निर्वाचित भएका छन्।

नवनिर्वाचित सभापति सापकोटाले अधिवेशनपछि प्रतिक्रिया दिँदै पार्टीलाई लमजुङमा थप सशक्त र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले अधिवेशनलाई सफल बनाउन योगदान गर्ने सम्पूर्ण प्रतिनिधि, कार्यकर्ता तथा प्रतिस्पर्धी उम्मेदवारप्रति आभार व्यक्त गर्दै सबैलाई समेटेर अघि बढ्ने बताए।

रास्वपाले देशभर संगठन विस्तार र पुनर्गठन अभियानलाई तीव्रता दिइरहेका बेला लमजुङ अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको हो। पार्टीभित्र लोकतान्त्रिक अभ्यास र सहमतिमूलक नेतृत्व चयनको उदाहरणका रूपमा यस अधिवेशनलाई हेरिएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved