Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सङ्गतको चमत्कार : प्रेरक प्रसङ्ग

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 26, 2021
3.2K

महर्षि वाल्मीकिको नाम भाइबहिनीहरूले पनि सुनेको हुनुपर्छ । रामायणका रचनाकार वाल्मीकि संसारकै आदि कवि हुन् भन्ने पनि धेरैलाई थाहा हुनुपर्छ तर उनी को थिए र कसरी महर्षि वाल्मीकि विश्वविख्यात बन्न पुगे भन्ने कुरा भने धेरैलाई थाहा नहुन सक्छ । यहाँ उनकै बारेमा केही जानकारी प्रस्तुत गरिएको छ ।

विद्वान्हरूका अनुसार महर्षि वाल्मीकिको जन्म नेपालको गण्डकी प्रस्रवण क्षेत्रमा भएको थियो । कहिले जन्मेका थिए भन्ने प्रष्ट उल्लेख नभेटिए पनि असोज शुक्लपक्षको पूर्णिमा तिथिमा भएको भने प्रष्ट भएको छ । उनका बाबुको नाम महर्षि प्रचेता हुन् । उनका दश भाइ छोरामध्ये उनी कान्छामा पर्छन् । पहिले उनको नाम अग्नि शर्मा थियो ।

सानैमा उनलाई लिएर बाबु प्रचेता तीर्थाटनमा गएका रहेछन् । तीर्थाटन गर्दै किराँत प्रदेश (पूर्वी नेपाल) पुग्दा कारणवश जङ्गलको बीचमा छलिन पुगेछन् । बाबु एकातिर पुगे उनी अर्कोतिर । एक त बालक त्यसमाथि जङ्गलको बीचमा एक्लै । रुन कराउन थालेछन् । संयोगवश शिकार खेल्दै आएका एक जना किरात सज्जनले फेला पारेछन् र घर लिएर गएका रहेछन् । किराँत दम्पतीको सन्तान थिएनन् । उनीहरूले भगवान्को प्रसाद ठानी आफ्नै सन्तान मानेर पालन पोषण गरे । नाम पनि आफ्नै कुलपरम्परा अनुसार रत्नाकर राखिदिएका थिए । उनी किराँत दम्पतीको घरमा हुर्कँदै गए । उमेर पुगेपछि विवाह दान भयो, सन्तानहरू भए । समय बित्दै जाँदा किराँत दम्पतीको मृत्यु भयो । उनी सोही घरलाई आफ्नो घर ठानी बस्न लागे ।

बाबुआमाको मृत्युपछि घरको आर्थिक भार उनकै काँधमा आयो । आम्दानीको साधन खासै थिएन, सन्तान बढ्दै गएका थिए । खाइजिवीका गर्नसमेत मुस्किल पर्न थाल्यो । त्यसैले रोजगारी खोज्दै घरबाट हिँडे । काम खोज्दै जाँदा बाटामा डाकुहरूसँग भेट भयो । त्यसपछि उनी पनि उनीहरूकै सङ्गतमा लागेर लुटपाट गर्न थाले । केही पैसा कमाएपछि परिवारलाई समेत त्यतै ल्याएर राखे ।

संयोग भनुँ वा उनको भाग्य एकदिन नारदजीसँग उनको भेट भयो । उनले नारदजीलाई पनि लुट्ने विचार गर्दै भने–

‘ए सन्यासी ! कता हिँडेका एक छिन पख ।’

नारदजीले भने–

‘किन भाइ ? के भयो र ?’

‘के भयो भन्ने, साथमा केके छ दिएर जाऊ ।’

‘मसँग त यही पुरानो वीणा बाहेक केही छैन ।’

‘त्यही भने पनि दिएर जाऊ ।’

नारदको मनमा दया लाग्यो । केही शिक्षा दिने विचार गर्दै भने–

‘हे नौजवान् ! किन लुटपाट गर्छौ ?’

उनले कट्केर भने–

‘लुट्नु मेरो पेशा हो, यसैबाट परिवार पाल्ने गरेको छु ।’

‘यस्तो काम पाप हो भन्ने थाहा छैन ?’

‘जे सुकै होस्, मेरो काम लुट्नु हो ।’

‘लुटेको सम्पत्ती के गर्छाै ?’

‘परिवारले खान्छन्, उनीहरूको भरण पोषण हुन्छ ।’

‘तिम्रा परिवारले लुटेको सम्पत्ती मात्र खान्छन् कि तिमीले गरेको पाप पनि बोक्छन् ?’

‘बोक्छन् नि किन नबोक्ने, यो पनि सोध्ने कुरा हो र ? मैले कमाएको धन उनीहरूको हुन्छ भने पापमात्र नहुने भन्ने हुन्छ र ?’

‘त्यसो भए सोधेर आऊ न त हुन्छ ?’

‘हुन्छ, हुन्छ किन नहुने ?’

यति भन्दै उसले घरमा गएर समग्र वृतान्त बतायो । उसको कुरा सुनेर परिवारले प्रष्ट शब्दमा भने–

‘परिवार पाल्नु तपाईँको कर्तव्य हो । कसरी कमाउनुहुन्छ तपाईँले जान्ने कुरा हो । त्यसैले तपाईँले गर्नुभएको पापमा सहभागी हुन सक्दैनौँ ।’

बल्ल रत्नाकरको आँखा खुल्यो । आफ्नो कामलाई आफैँले धिक्कार्दै नारदजीको अगाडि गएर भने–

‘मान्यवर ! तपाईँले भन्नुभएको ठीकै रहेछ । संसार स्वार्थी रहेछ । सबै सुखका मात्र सँगसाथी हुँदा रहेछन्, दुःखमा त एक्लै परिने रहेछ । त्यसैले संसारदेखि नै वैराग्य लागेर आयो । उचित मार्गदर्शनको अपेक्षा गर्छु ।’

त्यसपछि नारदजी रामनाम मन्त्र जप गर्ने उपदेश दिएर बाटो लागे । उनले हतपतमा नारदले रामराम भनेका वाक्य मरामरा भन्ने सुनेछन् र सोही अनुसार जप गर्न लागे । जप पनि यति अचल भएर गर्न लागे कि शरीरमा धमिराले गोलो लगाएको समेत पत्तो पाएनन् ।

समय बित्तै गयो । संयोगवश एक दिन नारदजी पुनः घुम्दै त्यतै आइपुगेछन् । एउटा धमिराको गोलोबाट रामनाम उच्चारण भएको सुनेर आश्चर्य मान्दै गएर हेरे, उनै रत्नाकर रहेछन् । त्यसपछि उनले धमिराको गोलोबाट निकाली वाल्मीकि नाम राखेर आफ्नो बाटो लागे । उनी कृष्णगण्डकी आसपासको क्षेत्रमा आई आश्रम बनाएर बस्न लागे ।

एकदिन गङ्गा स्नान गर्न गएको बेला एउटा व्याधाले आपसमा प्रेम साटासाट गरिरहेका एक जोडी चखेवालाई मारेको देखे । यसबाट उनको हृदय दयाले भरियो र अनायासै मुखबाट करुण रसले भरिएको एउटा श्लोक निस्क्यो, जुन श्लोक आधुनिक संस्कृतभाषाको पहिलो श्लोक थियो । पछि यसैको आधारमा नारदजीको उपदेश अनुसार उनले २४ हजार श्लोकले युक्त रामायण लेखे, जसलाई वाल्मीकीय रामायण भनिन्छ ।

यसरी ऋषिपुत्र अग्निशर्मा दुर्जनका सङ्गतका कारण रत्नाकर डाकु बन्नु पुगेका थिए । पछि सज्जनका सङ्गत पाएर महर्षि वाल्मीकि बनी विश्वबिख्यात हुन पुगे । आज पनि संसारको आदिकविमा उनको नाम आउँछ भने आदि महाकाव्यमा वाल्मीकीय रामायणको नाम आउने गरेको छ । रातोपाटी बाट सभार

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved