Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

रास्वपाको कोशीमा संगठन विस्तार तीव्र, ९ जिल्लाको अधिवेशन सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 7, 2026
0 shares

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशमा संगठन विस्तार अभियानलाई तीव्रता दिँदै १४ जिल्लामध्ये ९ जिल्लाको जिल्ला अधिवेशन सम्पन्न गरेको छ। सम्पन्न अधिवेशनबाट सम्बन्धित जिल्लाहरूमा नयाँ नेतृत्व चयन भएको छ भने निर्वाचित सम्पूर्ण जिल्ला कार्यसमितिलाई पार्टीले बधाइ तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।

अधिवेशन सम्पन्न भएका जिल्लाहरूमा सुनसरीबाट सागर दाहाल, झापाबाट ओम भण्डारी, ताप्लेजुङबाट राजन कुमार गुरुङ, मोरङबाट भरत कडेल, तेह्रथुमबाट सुमन खत्री, भोजपुरबाट ख्यामबहादुर भुजेल, संखुवासभाबाट भक्त नारायण श्रेष्ठ तथा ओखलढुंगाबाट कृष्णबहादुर थापा नेतृत्वमा निर्वाचित भएका छन्। नवनिर्वाचित नेतृत्वले पार्टीको संगठन सुदृढीकरण र जनस्तरसम्म पहुँच विस्तारमा भूमिका खेल्ने अपेक्षा गरिएको छ।

पार्टीले कोशी प्रदेशभर संगठनलाई थप प्रभावकारी बनाउने लक्ष्यसहित जिल्ला अधिवेशनलाई प्राथमिकतामा राखेको जनाएको छ। हालसम्म सम्पन्न अधिवेशनले स्थानीय तहदेखि प्रदेशस्तरसम्म संगठनात्मक संरचना मजबुत बनाउने आधार तयार गरेको पार्टीका नेताहरूको भनाइ छ।

यसैबीच, बाँकी पाँच जिल्ला धनकुटा, उदयपुर, सोलुखुम्बु, खोटाङ र इलाममा आइतबार अधिवेशन आयोजना गरिएको छ। ती जिल्लाबाट पनि नयाँ नेतृत्व चयन भएपछि कोशी प्रदेशका सबै जिल्लामा पार्टीको निर्वाचित जिल्ला कार्यसमिति गठन हुने र संगठन निर्माण अभियानले थप गति लिने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved