Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नगरपालिकामा मेयर छात्रवृत्ति : इन्जिनियरिङ र एमबिबिएस पढाउन नगरपालिकाले लगानी गर्ने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 26, 2021
384 shares

हरिसुन्दर छुकां। भक्तपुरको चाँगुनारायण नगरपालिकाले इन्जिनियरिङका लागि छात्रवृत्ति र एमबिबिएस अध्ययनका लागि आवश्यक शुल्कको प्रबन्ध गर्ने भएको छ।

आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम पारित गर्दै नगरपालिकाले सो प्रबन्ध गरेको हो।नगरपालिकाले इन्जिनियरिङ अध्ययनका लागि छात्रवृत्ति र एमबिबिएस अध्ययनका लागि आवश्यक शुल्क नगरपालिकाले व्यहोर्ने नीति बनाइएको नगर प्रमुख सोमप्रसाद मिश्रले बताए।

दक्ष डाक्टर अभावमा स्वास्थ्य क्षेत्रमा टेवा पुर्याउने उद्देश्यले छात्रवृत्ति वितरण सम्बन्धी कार्यविधि समेत तयार गरी अनुमोदन भइसकेको परिवेशमा नगरभित्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरिब, विपन्न तथा असहाय जेहेनदार विद्यार्थीको उच्च शिक्षा अध्ययनको लागि मेयर छात्रवृत्ति कार्यक्रमको लागू गरी प्रतिवर्ष ९ जनासम्म इन्जिनियरिङमा छात्रवृत्ति तथा दुई जनालाई एमबिबिएस अध्ययन गर्ने विद्यार्थि छनौट गरी उसको अध्ययन अवधिभर लाग्ने शैक्षिक शुल्क नगरपालिकाले छात्रवृत्ति प्रदान गरिने नीति लागू गरिनेछ।’ नगरप्रमुख मिश्रले भने।

त्यस्तै छात्रवृत्ति कार्यक्रमअन्तर्गत प्रस्ताव आह्वान गरी नगरलाई उपयोगी हुने विभिन्न विषयमा खोज तथा अनुसन्धान गर्ने कार्य प्रारम्भ गरिएको उनको भनाइ छ।

नगरपालिकाले शैक्षिक सुधारका लागि ‘व्यवहारिक शिक्षा विकासको लहर’, ज्ञानको ज्योतिले जगमग चाँगु नगर’ नारा तय गरेको नगर शिक्षा शाखाका प्रमुख वीरबहादुर खड्काले बताए। शिक्षालाई व्यवहारिक र व्यावसायिक बनाउनका लागि नगरपालिकाले प्राविधिक तथा व्यवसायिक शिक्षालाई जोड दिने नीति अवलम्बन गरेको बताउँदै उनले नगरमा उपप्रमुखसँग किशोरी शिक्षा कार्यक्रम सञ्चालन गर्ने, सबै सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट शिक्षण सिकाई गर्न प्रोत्साहन गर्ने, स्थानीय पाठ्यक्रमलाई प्रभावकारीताका साथ कार्यान्वयनमा ल्याइने नीति बनेको जानकारी दिए।

यस्तै विद्यार्थीमा रहेको प्रतिभालाई प्रस्फुटन गराउनका लागि विद्यालयस्तरीय मेयरकप फुटबल तथा भलिबल कार्यक्रम सञ्चालन गरिने, परीक्षाको नतिजाका आधारमा विद्यालयलाई पुरस्कृत गरिने नीति नगरपालिकाले बनाएको छ।

नगरपालिकाले सामुदायिक सिकाई केन्द्रलाई सूचना प्रविधि मैत्री बनाउने, सामुदायिक विद्यालयमा नगरबस सञ्चालन गर्ने, एक माध्यमिक र एक आधारभूत विद्यालय छनौट गरी नमूना विद्यालय घोषणा गर्ने, सामुदायिक विद्यालयमा छात्रालाई निःशुल्क स्यानेटरी प्याड वितरण गरिने, दरबन्दी मिलान सम्पन्न गरिने समेत उल्लेख छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved