Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

चार वर्षमा १५ करोड बराबरका विकास योजना सम्पन्न : अध्यक्ष न्यौपाने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 5, 2026
6 shares

भक्तपुर । सूर्यविनायक नगरपालिका–४ गाम्चामा आयोजित सार्वजनिक सुनुवाइ तथा प्रगति समीक्षा कार्यक्रममा वडा अध्यक्ष लछुराम न्यौपानेले आफ्नो नेतृत्वमा विगत चार वर्षमा करिब १४ देखि १५ करोड रुपैयाँ बराबरका विकास निर्माणका काम सम्पन्न भएको बताएका छन्। राष्ट्रिय सञ्चार केन्द्र (एनएमसी) नेपालको आयोजना तथा नगरपालिकाको सहकार्यमा सम्पन्न कार्यक्रममा ८१ जना स्थानीयवासी, जनप्रतिनिधि, कर्मचारी र सरोकारवालाको सहभागिता रहेको थियो। अध्यक्ष न्यौपानेले संघीय सरकार, प्रदेश सरकार र नगरपालिकाको सहयोग तथा स्थानीयवासीको कर र सहभागिताले विकासले गति लिएको बताए।

उनले चालु आर्थिक वर्षमा वडाको बजेट सिलिङ २ करोड ६० लाख रुपैयाँ रहेको जानकारी दिँदै सडक पिच, ढलान, ब्लक बिछ्याउने, सडक विस्तार तथा अन्य पूर्वाधार निर्माणका कामलाई प्राथमिकताका साथ अघि बढाइएको बताए। उनका अनुसार गाम्चास्थित भिजन ब्याङ्क्वेट क्षेत्र र हनुमान टोलमा ८० लाख रुपैयाँको ढलान कार्य सम्पन्न भएको छ भने खड्का गाउँदेखि तामाङ गाउँ जाने सडकमा ५० लाख रुपैयाँको लागतमा पर्खाल निर्माण गरिएको छ। साथै अनन्तलिङ्गेश्वर परिसरमा ४५ लाख रुपैयाँको विकास निर्माण कार्य सम्पन्न भइसकेको छ।

अध्यक्ष न्यौपानेले शिक्षा, स्वास्थ्य र धार्मिक–पर्यटकीय क्षेत्रको विकासलाई समेत प्राथमिकतामा राखिएको बताए। चित्रपुर आधारभूत विद्यालयमा गत वर्ष ३६ लाख रुपैयाँको निर्माण कार्य सम्पन्न भएको र हाल ५६ लाख रुपैयाँ बराबरको थप निर्माण कार्य भइरहेको जानकारी दिँदै उनले नगर अस्पताललाई पुनः वडा नं. ४ मै सञ्चालन गर्ने तयारी भइरहेको बताए। उनका अनुसार हालको नगर अस्पताल ट्रमा सेन्टरमा रूपान्तरण भएपछि नयाँ व्यवस्थासहित नगर अस्पताल पुनः यसै क्षेत्रमा सञ्चालन गरिनेछ।

दीर्घकालीन योजनाअन्तर्गत खोकुण्डोल–सिरुटार सडक स्तरोन्नति, पातलेटार–फुटसल मार्ग निर्माण तथा ढल व्यवस्थापनलाई प्राथमिकतामा राखिएको अध्यक्ष न्यौपानेले बताए। ढल प्रशोधन केन्द्रसँग जोड्ने उद्देश्यले तीन वटा डीपीआर तयार भइरहेको जानकारी दिँदै उनले अनन्तलिङ्गेश्वर क्षेत्रलाई कास्कीको पुङ्दीकोट जस्तै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए। यसका लागि पिकनिक स्पट निर्माणलगायतका योजनाका लागि थप बजेट माग गर्ने तयारी भइरहेको उनको भनाइ थियो।

कार्यक्रममा स्थानीयवासीले स्मार्ट सिटी योजनाका कारण घर निर्माण तथा जग्गा कारोबारमा परेको असरबारे गुनासो गरेका थिए। त्यसको जवाफमा अध्यक्ष न्यौपानेले उक्त योजना तत्कालका लागि स्थगित गराउन विभिन्न तहमा पहल भइरहेको जानकारी दिए। कार्यक्रममा वडा सचिव तोरण रानाले हालसम्म ७६ वटा घटना दर्ता, १० वटा मृत्यु दर्ता तथा १ करोड ८९ लाख रुपैयाँ राजस्व संकलन भएको जानकारी दिए। सहभागीहरूले उठाएका प्रश्नको जवाफ वडा अध्यक्ष न्यौपाने, वरिष्ठ इन्जिनियर जनक न्यौपाने, दधिकोट बृहत् सहरी खानेपानी आयोजनाका अध्यक्ष कृष्णहरि खड्का तथा वडा सदस्य तारा सापकोटाले दिएका थिए।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved