Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सूर्यविनायक वडानं. ५ सार्वजनिक सुनुवाई: खानेपानी, सुरक्षा र दुर्व्यसनका समस्या सार्वजनिक सुनुवाइमा प्रमुख एजेन्डा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 5, 2026
0

भक्तपुर । सूर्यविनायक नगर वडा नं. ५ मा आयोजित वडा स्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय बासिन्दाहरूले खानेपानीको समस्या प्रमुख रूपमा उठाएका छन्।

 

क्रियाशील पत्रकार मञ्च भक्तपुरकाे आयाेजनामा आयाेजित  साे कार्यक्रममा  विभिन्न टोलहरूमा ढलान तथा पिच सडक निर्माण भए पनि अधिकांश बस्तीमा अझै सहज रूपमा खानेपानी उपलब्ध हुन नसकेको भन्दै सहभागीहरूले गुनासो गरेका थिए। स्थानीयहरूले विकास निर्माणका कामसँगै आधारभूत आवश्यकतामा पनि ध्यान दिनुपर्ने माग गरेका छन्।

सार्वजनिक सुनुवाइमा वडावासीहरूले पछिल्लो समय मोटरसाइकल तथा घरमा चोरीका घटना बढ्दै गएको भन्दै सुरक्षाको विषयमा पनि चिन्ता व्यक्त गरे। विभिन्न स्थानमा सीसी क्यामेरा जडान नभएका कारण चोरीका घटनामा वृद्धि भएको दाबी गर्दै वडाले सार्वजनिक सुरक्षाका लागि आवश्यक व्यवस्था गर्नुपर्ने उनीहरूको माग थियो।

कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै वडा अध्यक्ष राजकुमार जोशीले केन्द्रीय बजेटको सीमितताका कारण सबै योजना कार्यान्वयन गर्न कठिनाइ भएको बताए। उनले खानेपानी व्यवस्थापन तथा सीसी क्यामेरा जडानका लागि प्रदेश सरकारबाट बजेट प्राप्त हुने आशामा रहेको जानकारी दिँदै आवश्यक स्रोत सुनिश्चित भएपछि प्राथमिकताका साथ काम अगाडि बढाइने बताए।

त्यसैगरी, विभिन्न बस्तीका युवाहरूमा लागुऔषध तथा अन्य दुर्व्यसनको समस्या बढ्दै गएको विषय पनि सार्वजनिक सुनुवाइमा उठाइएको थियो। वडावासीहरूले युवालाई दुर्व्यसनबाट जोगाउन सचेतनामूलक कार्यक्रम तथा प्रभावकारी नियन्त्रणका उपायहरू अपनाउन स्थानीय सरकारसँग आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved