Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

रास्वपा भक्तपुर जिल्ला अधिवेशन भाेलि, नेतृत्व चयनसँगै संघीय सांसदलाई पार्टीको केन्द्रीय भूमिकामा केन्द्रित गर्ने बहस

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 5, 2026
0

भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भक्तपुरको जिल्ला अधिवेशन नजिकिँदै जाँदा नेतृत्व चयनलाई लिएर जिल्लाको राजनीतिक माहोल तातिएको छ। आगामी जेठ २३ गते शनिबार सूर्यविनायकस्थित थापा पार्टी प्यालेसमा हुने जिल्ला अधिवेशनमा सभापतिदेखि विभिन्न पदाधिकारी तथा सदस्य पदसम्मका आकांक्षीहरूको संख्या बढ्दै गएपछि अधिवेशन प्रतिस्पर्धात्मक बन्ने संकेत देखिएको छ।

पार्टी स्रोतका अनुसार जिल्ला सभापति पदका लागि केही चर्चित नेताबीच मुख्य प्रतिस्पर्धा हुने सम्भावना छ। उम्मेदवारी दर्ता प्रक्रिया अझै पूरा नभएकाले आधिकारिक उम्मेदवारहरूको अन्तिम सूची सार्वजनिक हुन बाँकी छ। सम्भावित उम्मेदवारहरूले प्रतिनिधि र कार्यकर्तासँग भेटघाट तथा छलफललाई तीव्रता दिएका छन्।

सभापति पदमा वर्तमान जिल्ला सभापति रामेश्वर वस्नेतको नाम प्रमुख रूपमा चर्चामा छ। उनी सर्वसम्मत रूपमा चयन हुन्छन् वा निर्वाचनमा जान्छन् भन्ने विषय भने अधिवेशन नजिकिँदै जाँदा स्पष्ट हुने अपेक्षा गरिएको छ।

उपसभापति पदमा वर्तमान उपसभापति स्मृति भट्टराईको नाम चर्चामा छ। यद्यपि पार्टीभित्र अन्य आकांक्षीहरू पनि सक्रिय रहेको बताइएको छ। सचिव पदमा पार्टीका संस्थापक तथा पूर्व भक्तपुर नगर सभापति राजेश शिल्पकारको नाम चर्चामा रहेको छ। वर्तमान जिल्ला सचिव रुकेश रञ्जित पनि सचिव पदका सम्भावित दाबेदारका रूपमा हेरिएका छन्। पार्टीभित्रको समीकरणअनुसार सचिव पदमा प्रतिस्पर्धा भए शिल्पकार सभापति पदमै दाबेदारी प्रस्तुत गर्न सक्ने चर्चा पनि चलेको छ।

सहसचिव पदमा रामकृष्ण देउजाको नाम अगाडि आएको छ भने वर्तमान सहसचिव कृष्णबहादुर तामाङ पनि पुनः नेतृत्वमा निरन्तरता खोज्ने पक्षमा रहेको बताइन्छ। पार्टी विधानअनुसार कोषाध्यक्ष भने निर्वाचित पदाधिकारीहरूले मनोनयन गर्ने व्यवस्था छ। हाल उक्त जिम्मेवारी प्रह्लाद कार्कीले सम्हालिरहेका छन्।

१५ सदस्यीय जिल्ला समिति गठन हुने :
अधिवेशनबाट १५ सदस्यीय जिल्ला कार्यसमिति चयन हुनेछ। पार्टीको संरचनाअनुसार भक्तपुरका चारवटै नगरपालिकाबाट एक–एक जना प्रतिनिधि रहने व्यवस्था भएकाले अधिवेशनबाट ११ जना पदाधिकारी तथा सदस्य प्रत्यक्ष निर्वाचित हुनेछन्।

पार्टी स्रोतका अनुसार सहमतिमा नेतृत्व चयन हुन नसके सभापतिदेखि प्रमुख पदहरूमा निर्वाचन हुने सम्भावना बलियो छ। त्यसैले यसपटकको अधिवेशनलाई केवल नेतृत्व चयनको प्रक्रिया मात्र नभई पार्टीभित्रको शक्ति परीक्षणका रूपमा पनि हेरिएको छ।

संघीय सांसदलाई संगठनभन्दा संसदीय भूमिकामा केन्द्रित गर्ने पार्टीको सन्देश :
यता अधिवेशनको तयारी चलिरहेका बेला रास्वपा केन्द्रीय कार्यालयले संघीय सांसदहरूलाई लक्षित गर्दै विशेष आह्वानसमेत जारी गरेको छ। पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले जारी गरेको परिपत्रमा सांसदहरूले संसद्, संसदीय समिति तथा विधायिकी प्रक्रियामा निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी, नीतिगत र जनमुखी संसदीय कार्यमा केन्द्रित हुन आग्रह गरिएको छ।

परिपत्रमा पार्टी संगठन तीव्र रूपमा विस्तार भइरहेका कारण दैनिक संगठनात्मक गतिविधि तथा आन्तरिक व्यवस्थापनको जिम्मेवारी मुख्यतः पार्टी संरचनाले नै सम्हाल्ने उल्लेख गरिएको छ। संघीय सांसदहरूलाई भने आफ्नो समय, अनुभव र क्षमताको अधिकतम उपयोग नीति निर्माण, कानुन निर्माण तथा नागरिकका मुद्दा संसद्मार्फत उठाउने कार्यमा केन्द्रित हुन सुझाव दिइएको छ।

पार्टीले सांसदहरूलाई निर्वाचन क्षेत्रका जनतासँग नियमित सम्पर्क कायम राख्दै जनअपेक्षा सम्बोधन गर्न आग्रह गरे पनि पार्टीको केन्द्रीय संरचनामा रहेर रणनीतिक तथा नीतिगत भूमिकामा बढी सक्रिय हुन प्रेरित गरेको छ। यसलाई पार्टीभित्र संगठन र संसदीय भूमिकाबीच जिम्मेवारीको स्पष्ट विभाजन गर्ने प्रयासका रूपमा समेत हेरिएको छ।

भावी दिशा तय गर्ने अधिवेशन :
रास्वपा भक्तपुरका नेता तथा कार्यकर्ताहरूका अनुसार यसपटकको जिल्ला अधिवेशनले जिल्लामा पार्टीको भावी दिशा निर्धारण गर्ने भएकाले चासो बढेको छ। नेतृत्वमा पुग्न चाहने आकांक्षीहरूले संगठन विस्तार, पार्टी सुदृढीकरण, जनसम्पर्क वृद्धि तथा आगामी निर्वाचनको तयारीलाई मुख्य एजेन्डा बनाएका छन्।

कार्यकर्ताहरूले नेतृत्व चयन प्रक्रिया लोकतान्त्रिक, पारदर्शी र निष्पक्ष हुनुपर्ने मागसमेत उठाएका छन्। उम्मेदवारी दर्ता र अन्तिम नामावली सार्वजनिक भएपछि कुन पदमा को–कोबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने भन्ने स्पष्ट हुनेछ। तर अहिले नै विभिन्न समूह र नेताहरूले समर्थन जुटाउने अभियानलाई तीव्र बनाएका छन्।

अधिवेशनबाट चयन हुने नयाँ नेतृत्वले संगठन विस्तार, जनआधार सुदृढीकरण र आगामी राजनीतिक रणनीति तय गर्ने महत्वपूर्ण जिम्मेवारी पाउने भएकाले कार्यकर्तादेखि समर्थकसम्मको ध्यान अहिले रास्वपा भक्तपुरको जिल्ला अधिवेशनतर्फ केन्द्रित भएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved