Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

मन्त्रिपरिषद्का चार महत्वपूर्ण निर्णय: ओजन तह संरक्षणदेखि भूमि समस्या समाधान समिति पुनर्गठनसम्म

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 2, 2026
0 shares

काठमाडौं । आज बसेको मन्त्रिपरिषद् बैठकले वातावरण संरक्षण, सुरक्षा निकायको व्यवस्थापन, अनुसन्धान तथा भूमि समस्या समाधानसँग सम्बन्धित विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ।

बैठकले संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (UNEP) अन्तर्गत ओजन तहलाई हानी पुर्‍याउने पदार्थहरूको व्यवस्थापन तथा न्यूनीकरणसम्बन्धी मन्ट्रियल प्रोटोकल कार्यान्वयनसँग सम्बन्धित सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ। सरकारको यो निर्णयले ओजन तह संरक्षण तथा वातावरणीय प्रतिबद्धता कार्यान्वयनमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।
त्यसैगरी, सशस्त्र प्रहरी बल नेपालका डीआईजी अञ्जनीकुमार पोखरेललाई अतिरिक्त महानिरीक्षक (AIG) पदमा बढुवा गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।

बैठकले २०८० साल भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा घटेका घटनाको जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदनमा उल्लेख गरिएका सुरक्षा संयन्त्रसम्बन्धी विषयमा अध्ययन तथा सिफारिस गर्न बनेको अध्ययन समितिको कार्यअवधि थप ४५ दिनका लागि बढाउने निर्णय गरेको छ। समितिलाई आफ्नो अध्ययन कार्य पूरा गर्न थप समय प्रदान गरिएको सरकारको भनाइ छ।

यस्तै, भूमि समस्या समाधान समितिको पुनर्गठन गर्दै अध्यक्ष पदमा बलभद्र बास्तोलालाई नियुक्त गरिएको छ। समितिका सदस्यहरूमा अमीरप्रसाद न्यौपाने, पद्मनीति सोती तथा डा. रोहना श्रेष्ठलाई नियुक्त गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।
सरकारका यी निर्णयहरू वातावरण संरक्षण, सुरक्षा क्षेत्रको व्यवस्थापन तथा भूमि समस्या समाधानका प्रयासलाई प्रभावकारी बनाउने उद्देश्यले गरिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved