Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिना र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 2, 2026
0 shares

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिना र संयुक्त राज्य अमेरिकाको सार्वजनिक कूटनीति तथा जनसम्पर्कसम्बन्धी उपविदेशमन्त्री साराह बी. रोर्जस बीच सोमबार भेटवार्ता भएको छ।

भेटमा नेपाल–अमेरिका सम्बन्ध, सञ्चार तथा सूचना प्रविधि क्षेत्रको सहकार्य र जनस्तरको सम्बन्ध विस्तारका विषयमा छलफल भएको जनाइएको छ।

भेटवार्ताका क्रममा मन्त्री तिमिल्सिनाले नेपालको सञ्चार क्षेत्रको विकास, डिजिटल रूपान्तरण तथा सूचना पहुँच विस्तारका लागि सरकारले अघि बढाइरहेका कार्यक्रमबारे जानकारी गराएका थिए। उनले प्रविधिमैत्री समाज निर्माण तथा सञ्चार पूर्वाधार सुदृढीकरणमा अन्तर्राष्ट्रिय सहकार्यको महत्व रहेको उल्लेख गरेका थिए।

उपविदेशमन्त्री रोर्जसले लोकतान्त्रिक मूल्य, स्वतन्त्र सञ्चार माध्यम तथा जनसम्पर्कका क्षेत्रमा नेपाल र अमेरिकाबीच रहेको सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेकी थिइन्। उनले शिक्षा, सञ्चार, युवा आदानप्रदान तथा डिजिटल साक्षरताका कार्यक्रममार्फत दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउन सकिने धारणा राखिन्।

भेटमा दुवै पक्षले सूचना तथा सञ्चार क्षेत्रको क्षमता अभिवृद्धि, डिजिटल नवप्रवर्तन प्रवर्द्धन तथा जनस्तरमा आपसी समझदारी विस्तार गर्ने विषयमा सहकार्य बढाउने विषयमा समेत विचार आदानप्रदान गरेका थिए। उक्त भेटवार्ता सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको मन्त्रालय स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved