Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नेपालमा लगानी र नवप्रवर्तनको ठूलो सम्भावना छ, अमेरिकी उपविदेशमन्त्री : सारा बी रोजर्स

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 2, 2026
0
काठमाडौँ । संयुक्त राज्य अमेरिकाकी सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी रोजर्सले नेपाललाई अमेरिकाको महत्वपूर्ण साझेदार मुलुकका रूपमा उल्लेख गर्दै द्विपक्षीय सहकार्य थप विस्तार गर्न अमेरिका प्रतिबद्ध रहेको बताएकी छिन् ।
हिजाे काठमाडौँमा सञ्चारकर्मीसँगको छलफलमा उनले ५५ करोड अमेरिकी डलर बराबरको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) कम्प्याक्टलाई नेपालको अर्थतन्त्र र ऊर्जा क्षेत्रका लागि महत्वपूर्ण लगानीको परियोजना भएको उल्लेख गरिन् । यसले नेपाल–अमेरिका साझेदारीलाई थप सुदृढ बनाउने विश्वास पनि उनले व्यक्त गरिन् ।

गतवर्ष एक लाख १२ हजार अमेरिकी पर्यटकले नेपाल भ्रमण गरेको जानकारी दिँदै रोजर्सले अमेरिकालाई नेपालको दोस्रो ठूलो पर्यटक स्रोत बजारका रूपमा चित्रण गरिन् ।

नेपालमा नवप्रवर्तन, लगानी र आर्थिक वृद्धिको पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै उनले व्यवसाय र लगानीका लागि वातावरण थप अनुकूल बन्दै गए अमेरिकी कम्पनीहरू नेपालका अझ बलिया साझेदार बन्न सक्ने धारणा राखिन् ।
नेपालको सार्वभौमसत्ता, आर्थिक वृद्धि र साझा समृद्धिलाई प्रवर्द्धन गर्न नेपाल सरकार तथा नेपाली जनतासँगको साझेदारीलाई अझ मजबुत बनाउन अमेरिका प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

उनले परराष्ट्रमन्त्री शिशिर खनाल र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम पाण्डेसँग भेटवार्ता गरी आर्थिक सम्बन्ध सुदृढीकरण, व्यापारिक वातावरण सुधार तथा डिजिटल पहुँच विस्तारका विषयमा छलफल गरेको जानकारी दिइन् ।

आइतबार आयोजित ‘एसेन्ट समिट’ मा मुख्य वक्ताका रूपमा सहभागी भएको उल्लेख गर्दै उनले नेपाली तथा अमेरिकी कम्पनी, पर्वतारोही र नवप्रवर्तकहरूबीच हिमालय क्षेत्रमा साहसिक पर्यटन र प्रविधिको भविष्यबारे विचार आदानप्रदान भएको बताइन् ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved