Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

बचत रकम फिर्ता गरिदिन माग गर्दै छ हजारभन्दा बढी बचतकर्ताकाे महानगरमा उजुरी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 2, 2026
0

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सहकारी विभागमा बचत रकम फिर्ता गरिदिन माग गर्दै छ हजारभन्दा बढी बचतकर्ताले उजुरी दिएका छन्। उनीहरूले कुल ४ अर्ब ७७ करोड ४९ लाख २३ हजार बराबरको बचत फिर्ता माग गरेका हुन्।

सहकारी विभागका अनुसार गत वैशाख १७ गतेदेखि हालसम्म ६ हजार ३०० भन्दा बढी बचतकर्ताले उजुरी दिएका छन्। विभाग प्रमुख ध्रुवकुमार काफ्लेका अनुसार उजुरी दिने अधिकांश बचतकर्ताले रु १ लाखदेखि रु ५ लाखसम्मको सानो रकम माग गरेका छन्।

उनले दैनिक ५०० देखि १ हजारसम्म नयाँ उजुरी आउने गरेको जानकारी दिँदै साना बचतकर्ताको हिस्सा करिब ७८ प्रतिशत रहेको बताए।

विभागका अनुसार पछिल्ला दिनमा बचत फिर्ता माग गर्नेहरूको संख्या उल्लेख्य रूपमा बढ्दै गएको छ।

यसैबीच काठमाडौँ महानगरपालिका–६ मा सञ्चालित बुद्ध दर्शन सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडले केही बचतकर्तालाई रकम फिर्ता गर्न सुरु गरेको छ। सो सहकारीले एक लाख ५० हजारसम्म बचत गर्ने ३४ जनाको रकम हालै फिर्ता गरेको विभागले जनाएको छ।

सहकारीले आगामी एक महिनाभित्र पाँच लाख रुपैयाँसम्म बचत गर्ने बचतकर्ताको रकम फिर्ता गर्ने योजना बनाएको छ।

सहकारी विभागले बचत फिर्ता र ऋण असुली दुवै प्रक्रियामा सहजीकरण गर्दै आएको जनाएको छ। विभागका प्रमुख काफ्लेले उजुरीका आधारमा पहिले सहकारी सञ्चालक र बचतकर्ताबीच छलफल तथा मिलापत्र गराउने प्रयास गरिने बताए।

वडास्तरमा समाधान नभए विभागले थप पहल गर्ने र आवश्यक परेमा कानुनी कारबाहीका लागि सिफारिससमेत गरिने उनले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved