Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

संसदमा अमर्यादित गतिविधि प्रकरण : छानबिन गर्न समिति गठन, ७ दिनभित्र प्रतिवेदन बुझाइने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 1, 2026
29

काठमाडौँ । प्रतिनिधिसभामा भएको अमर्यादित गतिविधि तथा भौतिक क्षतिको घटनाबारे छानबिन गर्न सभामुख डोलप्रसाद अर्यालले तीन सदस्यीय समिति गठन गर्नुभएको छ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अर्यालले घटनाको सत्यतथ्य जाँचबुझ गरी ७ दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारीसहित समिति गठन गरिएको जानकारी गराउनुभयो।

समितिको संयोजकमा संघीय संसद् सचिवालयका सचिव प्रकाश अधिकारी रहनुभएको छ। समितिका सदस्यमा संघीय संसद्को आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखाका प्रमुख तथा प्रविधि व्यवस्थापन महाशाखाका प्रमुखलाई राखिएको छ।

सभामुख अर्यालका अनुसार प्रतिनिधिसभाको २०८२ जेठ १७ गतेको बैठकका क्रममा केही सांसदहरूले सदनको कार्य सञ्चालनमा अवरोध सिर्जना गर्दै अमर्यादित तथा आपत्तिजनक व्यवहार प्रदर्शन गरेका थिए। उक्त घटनाका क्रममा सदनमा भौतिक क्षति समेत पुगेको प्रारम्भिक विवरण प्राप्त भएको उहाँले बताउनुभयो।

प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ३३ को उपनियम (४) बमोजिम घटनाबारे विस्तृत जानकारी प्राप्त भएको र सो सम्बन्धमा मुचुल्का समेत तयार भइसकेको उल्लेख गर्दै सभामुखले थप अनुसन्धान तथा तथ्य संकलनका लागि समिति गठन गरिएको जानकारी दिनुभयो।

समितिले घटनाको विस्तृत अध्ययन, क्षतिको मूल्यांकन तथा संलग्न पक्षहरूको भूमिका सम्बन्धमा जाँचबुझ गरी सात दिनभित्र सभामुखसमक्ष प्रतिवेदन पेश गर्नेछ। उक्त प्रतिवेदनका आधारमा आवश्यक थप निर्णय तथा कारबाही प्रक्रिया अघि बढाइने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved