Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नमोबुद्धको बजेट ६५ करोड ५९ लाख

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 25, 2021
[webverse_shares]

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि रु ६५ करोड ५९ लाखको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको दशौँ नगरसभामा नगर प्रमुख टंकप्रसाद शर्मा तिमल्सिनाले नगरपालिकाले आगामी आर्थिक वर्षमा प्रत्येक वडामा एउटा नगर गौरवको आयोजना सञ्चालन गर्ने नीति तय गरिएको बताए ।

बजेटमा चालुतर्फ रु ५० करोड ७७ लाख र पुँजीगततर्फ रु १४ करोड ८२ लाख ४७ हजार ५३० खर्च प्रस्ताव गरिएको छ । नगरपालिकाले नगरका प्रत्येक वडामा कृषि औजार बैंक स्थापना गर्ने र ‘छोरी बुहारीलाई रोजगारी र उच्च शिक्षा’ तथा ‘पर्यटन उद्यमीको हात, नमोबुद्धको साथ’ नीति तय गरेको छ । त्यससँगै ‘किसानका गरा सधैँ हराभरा, मेरो कृषि मेरो पौरख’ नारालाई अगाडि सार्दै आगामी आर्थिक वर्षमा नमोबुद्ध युवा नवप्रवर्तन कृषि कार्यक्रम सञ्चालन गर्ने नीति तय गरेको नगर प्रमुख तिमिल्सिनाले बताए । नगरले कृषिसँगै ‘पर्यटन उद्यमीको हात, नमोबुद्धको साथ’ नारालाई समेत अगाडि सारेको छ ।

छोरी बुहारीलाई रोजगारी र उच्च शिक्षा

नगरपालिको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महिला र बालबालिका मैत्री नीति तथा कार्यक्रमअन्तर्गत दुई छोरी मात्र जन्माएर स्थायी परिवार नियोजन गर्ने दम्पतीलाई सम्मान गर्ने घोषणा नमोबुद्ध नगरपालिकाले गरेको छ । ‘नगरको इच्छा, छोरी बुहारीलाई रोजगारी र उच्च शिक्षा’ भन्ने नारालाई सार्थक बनाउने तथा किशोरीहरूलाई विभिन्न खाले हिंसाबाट बच्न आत्मरक्षा तालिम सञ्चालन गर्ने तथा बालश्रम मुक्त नगर घोषणा गरिने योजनामा उल्लेख गरिएको छ ।

नगरसभा बैठकमा उपप्रमुख रामदेवी तामाङले चालु आर्थिक वर्षको प्रगति विवरण पेश गर्नुका साथै चालु आर्थिक वर्षमा रु ७१ करोड ५१ लाख ९९ हजार २७० बिनियोजन भएकोमा हालसम्म रु ३८ करोड ७७ लाख खर्च भएको तामाङले बताइन् ।

कोरोना भाइरस महामारीका बाबजुद अधिकांश नगरस्तरीय र वडास्तरीय योजनाहरू ढिला गरी सम्पन्न हुने चरणमा रहेको र आर्थिक वर्षको अन्त्यसम्ममा अपेक्षाकृत प्रगति हासिल हुने उनको अपेक्षा छ । बैठकमा विधायन समिति संयोजक एवं वडा नं २ का अध्यक्ष सञ्जीव ढकालले विनियोजन विधेयक २०७८, सार्वजनिक लेखा समिति संयोजक एवं वडा नं १० का अध्यक्ष रामकृष्ण अधिकारीले आर्थिक विधेयक २०७८ पेश गरेका थिए ।Ratopati.com

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved