Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

एमाले संगठन विभागको प्रथम बैठक सम्पन्न, जेठ २०–२१ मा राष्ट्रिय कार्यशाला आयोजना हुने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 30, 2026
0 shares

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय संगठन विभागको प्रथम बैठक विभाग प्रमुख भानुभक्त ढकालको अध्यक्षता तथा महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। बैठकले संगठन सुदृढीकरण, पार्टीको वर्तमान अवस्था र आगामी कार्ययोजनासम्बन्धी महत्त्वपूर्ण निर्णयहरू गरेको जनाएको छ।

बैठकमा देशभरका पार्टी संगठनको अवस्था, कार्यसम्पादन तथा संगठन विस्तारका विषयमा समीक्षा गरिएको थियो। साथै पार्टीलाई थप प्रभावकारी, अनुशासित र जनमुखी बनाउने विषयमा व्यापक छलफल भएको बताइएको छ।

बैठकले देशभरका अगुवा कार्यकर्ता तथा नेताहरूको सहभागितामा आगामी जेठ २० र २१ गते काठमाडौंमा राष्ट्रिय कार्यशाला आयोजना गर्ने निर्णय गरेको छ। उक्त कार्यशालामा पार्टी संगठनसँग सम्बन्धित विविध विषयमा गहन समीक्षा र छलफल गरिने जनाइएको छ।

महासचिव शंकर पोखरेलले कार्यशालालाई संगठनात्मक सुदृढीकरणको महत्त्वपूर्ण अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिएका थिए। उनले पार्टीभित्र देखिएका चुनौतीहरूको पहिचान गर्दै समाधानका लागि साझा दृष्टिकोण निर्माण गर्न आवश्यक रहेको बताएका थिए।

संगठन विभाग प्रमुख भानुभक्त ढकालले कार्यशालामा एमालेले सामना गरिरहेका प्रमुख संगठनात्मक समस्याहरूको बारेमा दुई दिनसम्म गम्भीर र केन्द्रित छलफल हुने जानकारी दिए। कार्यशालाबाट प्राप्त सुझाव र निष्कर्षलाई आगामी संगठनात्मक अभियान तथा पार्टी सुदृढीकरणका आधारका रूपमा उपयोग गरिने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved