Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

भक्तपुरका मापदण्डविपरीत इट्टा भट्टा हटाउन प्रधानमन्त्रीको निर्देशन, औद्योगिक क्षेत्रलाई ‘क्राफ्ट भिलेज’ बनाइने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 25, 2026
9 shares

भक्तपुर । प्रधानमन्त्री बालेन्द्र शाहले भक्तपुर जिल्लामा सञ्चालनमा रहेका मापदण्डविपरीतका इट्टा भट्टा हटाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

वातावरणीय प्रदूषण नियन्त्रण, सांस्कृतिक सम्पदाको संरक्षण तथा स्थानीय बासिन्दाको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्देशन जारी गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीले विशेषगरी जनघनत्व बढी भएका क्षेत्र, ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको आसपास सञ्चालनमा रहेका इट्टा भट्टाका कारण वायु प्रदूषण बढेको, खेतीयोग्य जमिनमा असर परेको तथा स्थानीय जनजीवन प्रभावित भएको उल्लेख गरेका छन्। उनले कानुनी मापदण्ड पूरा नगर्ने उद्योगलाई चरणबद्ध रूपमा हटाउन र वैकल्पिक व्यवस्थापन गर्न सम्बन्धित मन्त्रालयलाई आग्रह गरेका छन्।

निर्देशनअनुसार अब वातावरणीय प्रभाव मूल्यांकन नगरेका, स्वीकृत मापदण्ड पालना नगर्ने तथा प्रदूषण नियन्त्रण प्रणाली कमजोर भएका इट्टा उद्योगमाथि कडा अनुगमन गरिनेछ। स्थानीय तह, जिल्ला प्रशासन कार्यालय तथा सम्बन्धित मन्त्रालयबीच समन्वय गरेर कार्यान्वयन प्रक्रिया अघि बढाइने बताइएको छ।

प्रधानमन्त्री शाहले भक्तपुरको ऐतिहासिक पहिचान जोगाउन स्वच्छ वातावरण अपरिहार्य रहेको बताएका छन्। उनले विकास र वातावरणबीच सन्तुलन कायम गर्नुपर्ने उल्लेख गर्दै उद्योग सञ्चालनका नाममा जनस्वास्थ्यमा असर पुग्न नदिन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे।

त्यसैगरी, प्रधानमन्त्रीले भक्तपुर औद्योगिक क्षेत्र लाई ‘क्राफ्ट भिलेज’ अवधारणाअनुसार विकास गर्न पनि निर्देशन दिएका छन्। परम्परागत कला, हस्तकला तथा स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले औद्योगिक क्षेत्रलाई नयाँ ढंगले पुनःसंरचना गर्ने तयारी गरिएको हो।

सरकारको योजना अनुसार उक्त क्षेत्रमा काष्ठकला, माटोका सामग्री, धातुकला, पाउभा चित्रकला, हस्तनिर्मित कपडा लगायत नेवारी मौलिक सीप र उत्पादनलाई प्राथमिकता दिइनेछ। यसबाट स्थानीय कलाकार, कारीगर तथा साना उद्यमीलाई रोजगारी र बजार प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री शाहले भक्तपुरलाई नेपालको सांस्कृतिक राजधानीका रूपमा थप सशक्त बनाउन आधुनिक विकाससँगै मौलिक सम्पदा संरक्षण आवश्यक रहेको बताएका छन्। उनले ‘क्राफ्ट भिलेज’ अवधारणाले पर्यटन प्रवर्द्धनसँगै स्थानीय अर्थतन्त्रलाई पनि मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।


उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र स्थानीय सरकारलाई आवश्यक पूर्वाधार, लगानी आकर्षण तथा योजनाको कार्यान्वयन ढाँचा तयार गर्न निर्देशन दिइएको छ। यस अवधारणाअन्तर्गत सार्वजनिक–निजी साझेदारीमार्फत विशेष परियोजना सञ्चालन गर्ने तयारीसमेत अघि बढाइएको जनाइएको छ।

स्थानीयवासी तथा सरोकारवाला निकायहरूले प्रधानमन्त्रीको निर्देशनलाई सकारात्मक रूपमा लिएका छन्। उनीहरूले वातावरण संरक्षण, सांस्कृतिक पहिचानको जगेर्ना तथा स्थानीय सीपको प्रवर्द्धनका लागि सरकारको कदम प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved