Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सामुदायिक रेडियोको महत्त्व अझै कायम छ : सञ्चारमन्त्री तिमल्सिना

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 23, 2026
6 shares

काठमाडौँ । विक्रम तिमल्सिनाले आधुनिक प्रविधिको तीव्र विकासका बीच पनि सामुदायिक रेडियोको महत्त्व र प्रभाव कुनै पनि रूपमा कम नभएको बताउनुभएको छ।

दक्षिण एसियाकै पहिलो सामुदायिक प्रसारण सेवा रेडियो सगरमाथाको ३०औँ स्थापना दिवसका अवसरमा आयोजित विशेष कार्यक्रममा बोल्दै मन्त्री तिमल्सिनाले सञ्चारमाध्यमहरू समयअनुकूल प्रविधिमैत्री बन्दै नागरिकको भावना र जनअपेक्षाअनुसार सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो।

“सचेत नागरिक, सशक्त समाज : मिथ्या सूचनाविरुद्ध सामुदायिक सञ्चारको अभियान” भन्ने मूल नारासहित सम्पन्न कार्यक्रममा उहाँले जिम्मेवार, नैतिक र उत्तरदायी पत्रकारिता आजको आवश्यकता भएको उल्लेख गर्नुभयो। गलत सूचना र भ्रमपूर्ण सामग्रीको बढ्दो प्रभावलाई रोक्न सामुदायिक सञ्चारमाध्यमहरूले अझ प्रभावकारी भूमिका खेल्नुपर्ने उहाँको भनाइ थियो।

मन्त्री तिमल्सिनाले आफू पनि विगतमा लामो समय रेडियो सगरमाथासँग आबद्ध भएर काम गरेको स्मरण गर्दै उक्त रेडियोलाई नेपालको स्वतन्त्र र निष्पक्ष पत्रकारिताको सशक्त उदाहरणका रूपमा व्याख्या गर्नुभयो। सञ्चारमाध्यमहरूको दिगोपन र सुदृढीकरणका लागि सरकारले आवश्यक सहयोग र सकारात्मक पहल गर्ने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो।

नेपाल वातावरण पत्रकार समूहद्वारा सञ्चालित रेडियो सगरमाथा वि.सं. २०५४ साल जेठ ९ गते स्थापना भएको थियो। स्थापना दिवस समारोहमा सञ्चार क्षेत्रका विशिष्ट व्यक्तित्व, नागरिक समाजका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved