Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

संविधान संशोधनका लागि सरकारद्वारा सुझाव आह्वान, ख्रीष्टियन समुदायका तर्फबाट महासंघले बुझायो विस्तृत सुझावपत्र

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 22, 2026
203

काठमाडौं । सरकारले संविधान संशोधनका विषयमा आम नागरिक तथा विभिन्न समुदायबाट सुझाव संकलन प्रक्रिया अघि बढाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत गठन गरिएको “संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२” ले सार्वजनिक सूचना जारी गर्दै सात दिनभित्र लिखित सुझाव उपलब्ध गराउन आग्रह गरेको हो।

मन्त्रिपरिषद्को २०८२ मंसिर १६ गतेको निर्णयअनुसार सम्माननीय प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा कार्यदल गठन गरिएको सूचनामा उल्लेख छ। कार्यदलमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी लगायतका दलका प्रतिनिधिहरू सहभागी रहेका छन्।

कार्यदलले संविधान संशोधन प्रक्रियामा सबै नेपाली नागरिक तथा समुदायको सहभागिता सुनिश्चित गर्न सुझाव संकलन सुरु गरिएको जनाएको छ। नागरिकहरूले संविधानमा आवश्यक सुधार, संशोधन तथा व्यवस्थाका विषयमा आफ्ना धारणा लिखित रूपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार काठमाडौंमा पठाउन सक्नेछन्। साथै इमेल तथा व्हाट्सएपमार्फत समेत सुझाव पठाउन सकिने व्यवस्था गरिएको छ।

यसै क्रममा नेपालभर रहेका चर्च, पास्टर, विश्वासी तथा सम्पूर्ण नेपाली ख्रीष्टियन समुदायका तर्फबाट राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले सरकारलाई विस्तृत सुझावपत्र बुझाएको जनाएको छ। महासंघले उक्त सुझाव प्रतिनिधि सभाका सभामुख माननीय डोल प्रसाद अर्यालमार्फत सरकारसमक्ष पेश गरिएको उल्लेख गरेको छ।

महासंघद्वारा प्रस्तुत सुझावपत्रमा संविधान संशोधन प्रक्रिया लोकतान्त्रिक, समावेशी, मानवअधिकारमैत्री तथा धार्मिक स्वतन्त्रताको सम्मानमा आधारित हुनुपर्नेमा जोड दिइएको छ। महासंघले नेपाललाई बहुधार्मिक, बहुभाषिक, बहुजातीय तथा बहुसांस्कृतिक राष्ट्रको रूपमा उल्लेख गर्दै सबै धर्म र समुदायप्रति राज्यको समान व्यवहार सुनिश्चित हुनुपर्ने धारणा राखेको छ।

सुझावपत्रमा विशेषगरी धर्मनिरपेक्षताको व्यवहारिक कार्यान्वयन, धार्मिक स्वतन्त्रताको पूर्ण प्रत्याभूति, धार्मिक अल्पसंख्यक समुदायको अधिकार संरक्षण तथा राज्यका निकायहरूमा समानुपातिक सहभागिताको विषय उठाइएको छ। कुनै पनि नागरिकले धर्मकै आधारमा विभेद, सामाजिक बहिष्कार वा हिंसा भोग्न नपर्ने स्पष्ट कानुनी व्यवस्था आवश्यक रहेको महासंघको भनाइ छ।

महासंघले ख्रीष्टियन समुदायले लामो समयदेखि भोग्दै आएको समाधिस्थल (Cemetery) सम्बन्धी समस्यालाई पनि संविधान तथा कानुनमार्फत स्थायी रूपमा समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ। प्रत्येक स्थानीय तहमा आवश्यकताअनुसार धार्मिक अल्पसंख्यक समुदायका लागि सम्मानजनक समाधिस्थलको व्यवस्था गर्नुपर्ने सुझावपत्रमा उल्लेख गरिएको छ।

त्यस्तै धार्मिक विभेद तथा हिंसाविरुद्ध कडा कानुनी व्यवस्था, धार्मिक अल्पसंख्यक आयोग गठन, अन्तरधार्मिक सद्भाव प्रवर्द्धन, शिक्षा–स्वास्थ्यमा समान पहुँच, अभिव्यक्ति स्वतन्त्रताको संरक्षण तथा सबै धार्मिक तथा सांस्कृतिक सम्पदाको समान संरक्षण गर्नुपर्ने विषय पनि सुझावपत्रमा समेटिएका छन्।

महासंघले संविधान संशोधन कुनै एक धर्म, समुदाय वा राजनीतिक समूहको हितमा सीमित नभई सम्पूर्ण नेपाली नागरिकको समान अधिकार, सामाजिक न्याय, धार्मिक स्वतन्त्रता तथा समावेशी विकासको आधार बन्नुपर्ने धारणा व्यक्त गरेको छ।

साथै नेपाल सरकार, राजनीतिक दल, नागरिक समाज, मानवअधिकारकर्मी तथा सम्पूर्ण सरोकारवालालाई राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव तथा लोकतान्त्रिक मूल्यमान्यताको संरक्षण गर्दै संविधान संशोधन प्रक्रिया अघि बढाउन आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved