काठमाडौं। काठमाडौंस्थित इजरायल दुतावासले हिजो इजरायलको ७८औँ स्वतन्त्रता दिवस विशेष समारोहका बीच मनाएको छ।
कार्यक्रममा नेपाल सरकारका उच्चपदस्थ अधिकारी, विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक नियोगका प्रतिनिधि, सञ्चारकर्मी तथा इजरायलका शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
समारोहमा नेपालका राम सहाय प्रसाद यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा नेपाल–इजरायल सम्बन्ध, आपसी सहयोग तथा मित्रतालाई अझ सुदृढ बनाउने विषयमा चर्चा गरिएको थियो।
दूतावासले दुई देशबीचको दीर्घकालीन मित्रता, कृषि, शिक्षा, प्रविधि तथा रोजगारीका क्षेत्रमा भइरहेको सहकार्यलाई स्मरण गर्दै आगामी दिनमा सम्बन्धलाई थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो। समारोह सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको दूतावासले जनाएको छ।
