Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

एनसीएफ नेपालको नेतृत्व कानुनी कठघरामा : कोषाध्यक्ष नियुक्तिमाथि गम्भीर प्रश्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 19, 2026
3 shares

काठमाडौं । नेपाल राष्ट्रिय मण्डली संगति (एनसीएफ) नेपालको नयाँ कार्यसमिति चयनको समय नजिकिँदै जाँदा संस्थामाथि नै गम्भीर प्रश्न उठ्न थालेका छन्। संस्थाको ६२औँ साधारण सभा तथा अधिवेशनबाट निर्वाचित कोषाध्यक्ष पदमा नियुक्त गरिएका हिमाल जोशेफ राईको पृष्ठभूमिलाई लिएर विवाद चुलिएको हो।

चितवनको टाँडीमा २०७८ चैत २२ देखि २४ गतेसम्म सम्पन्न अधिवेशनले सूर्यबहादुर बल (हनोक)लाई अध्यक्ष, वीरबहादुर तामाङलाई उपाध्यक्ष, हिमाल जोशेफ राईलाई कोषाध्यक्ष लगायत अन्य पदाधिकारीमा चयन गरेको थियो। पूर्व अध्यक्ष रेभ. डा. मंगलमान महर्जनले नवनिर्वाचित पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए।

तर, अर्को अधिवेशन आउन केही दिन मात्र बाँकी रहँदा अघिल्लो नेतृत्वको निर्णयमाथि पुनः प्रश्न उठ्न थालेको छ। २०७१ साल माघ १९ गते लागूऔषध कारोबारसम्बन्धी मुद्दामा उच्च अदालत विराटनगरबाट दुई वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको फैसला सुनाइएका व्यक्तिलाई आर्थिक जिम्मेवारीसहितको केन्द्रीय पदमा कसरी चयन गरियो भन्ने प्रश्न उठाइएको छ।

यस विषयमा हिमाल राई वा एनसीएफ नेपालको औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन। संस्थाको विधानअनुसार पनि प्रश्न उठाइएको छ। विधानको परिच्छेद ७ को दफा २२ (ग) अनुसार फौजदारी अभियोगमा दोषी ठहर भएको व्यक्ति संस्थाको सदस्य हुन नसक्ने व्यवस्था रहेको बताइएको छ।

“संस्था आध्यात्मिक मूल्य, नैतिक नेतृत्व र विश्वासको आधारमा सञ्चालन हुनुपर्ने हो,” संस्थाका एक पूर्व पदाधिकारीले नाम नखुलाउने सर्तमा भने, “तर पछिल्ला वर्षहरूमा संगठनभित्र व्यक्तिकेन्द्रित र समूहगत प्रभाव बढ्दै गएको महसुस भइरहेको छ।”
एनसीएफ नेपाल देशकै पुराना र ठूला अन्तर–मण्डलीय ख्रीष्टियन संस्थामध्ये एक मानिन्छ। यस्तो अवस्थामा संस्थाको नेतृत्वमाथि उठेका नैतिक, कानुनी र संस्थागत प्रश्नहरूले सम्पूर्ण ख्रीष्टियन समुदायभित्र समेत चासो बढाएको देखिन्छ।

मुख्य प्रश्न अहिले यो उठेको छ— देशको कानुनअनुसार दोषी ठहर भएको व्यक्तिलाई नेतृत्वमा ल्याइनुले के एनसीएफ नेपालले कानुनी तथा संस्थागत मूल्यलाई चुनौती दिएको हो? अब हेर्न बाँकी छ, एनसीएफ नेपालले उठिरहेका आरोप र विवादबारे स्पष्ट छानबिन तथा सार्वजनिक जवाफदेहिता प्रस्तुत गर्छ कि यी प्रश्नहरू समयसँगै ओझेलमा पारिन्छन्।

By: samastinepal.com

याे पनि पढ्नुहाेस👇

https://turahi.com/news-details/318/2022-04-05?fbclid=IwY2xjawR4-ANleHRuA2FlbQIxMQBzcnRjBmFwcF9pZBAyMjIwMzkxNzg4MjAwODkyAAEeFF3kzzwLG-1smj3YkDK5Hu74azOT7iP98wX1HP_UbQYfVCZGfC8k9W2rk2M_aem_Ee2WdYDMEsqXaXskBaaHlQ

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved