Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

देशकै पहिलो “योग नगर” बन्दै भक्तपुरको चाँगुनारायण नगरपालिका

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 19, 2026
0 shares

भक्तपुर । विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक र पुरातात्त्विक नगर चाँगुनारायण अब योगमय नगरको रूपमा पनि चिनिने भएको छ। चाँगुनारायण नगरपालिकाले आफ्नो नगरलाई “योग नगर” घोषणा गर्ने निर्णय गरेसँगै आज नगरपालिका परिसरमा पत्रकार सम्मेलन आयोजना गरियो ।

नगर प्रमुख जीवन खत्रीले पत्रकार सम्मेलनमा प्रेस नोट वाचन गर्दै आगामी जेष्ठ १० गते वागमती प्रदेश सरकारका मुख्यमन्त्रीको प्रमुख आतिथ्यतामा आधिकारिक “योग नगर घोषणा” कार्यक्रम सम्पन्न गरिने जानकारी दिए । घोषणाको पूर्वसन्ध्यामा जेष्ठ ८, ९ र १० गते हरेक बिहान ५ बजेदेखि खरीपाटी स्थित विद्युत तालिम केन्द्र परिसरमा वृहत् खुला योग शिविर आयोजना गरिने नगरप्रमुख खत्रीले बताए । यो शिविर नगरवासीका साथै बाहिरका नागरिकका लागि पनि खुला रहनेछ।

नगरप्रमुख खत्रीका अनुसार, उच्च रक्तचाप, मधुमेह, मुटुरोग र मानसिक तनावजस्ता नसर्ने रोगहरूको बढ्दो प्रकोपलाई सम्बोधन गर्न केवल उपचार पर्याप्त नभई स्वस्थ जीवनशैली अत्यावश्यक रहेको छ । योग, ध्यान र प्राणायामले शरीर, मन र चेतनालाई सन्तुलित राख्ने कुरा वैज्ञानिक रूपमा प्रमाणित भइसकेको पनि उनले स्मरण गराए । “हजारौँ वर्ष पुरानो वैदिक सभ्यता र आध्यात्मिक चेतनाको भूमि चाँगुनारायणलाई योग र साधनाको केन्द्र बनाउनु हाम्रो इतिहास र पहिचानसँग जोडिएको स्वाभाविक निरन्तरता हो,” उनले भने ।

नगरपालिकाले सबै वडामा नियमित योग शिविर सञ्चालन, विद्यालयहरूमा योग शिक्षा अनिवार्य बनाउने, स्थानीय स्तरमा दक्ष योग प्रशिक्षक उत्पादन गर्ने तथा योग पार्क र ध्यान केन्द्र स्थापना गर्ने महत्वाकाङ्क्षी योजना अघि सारेको छ । आयुर्वेद र प्राकृतिक चिकित्सासँग समन्वय गर्दै अभियानलाई एकीकृत रूप दिइने जनाइएको छ । यो अभियान स्वास्थ्यमा मात्र सीमित नरहने नगरपालिकाको भनाइ छ ।

आध्यात्मिक पर्यटन प्रवर्द्धन, स्थानीय रोजगारी सृर्जना र होमस्टे तथा कृषि उत्पादनलाई बजारसँग जोड्दै चाँगुनारायणको अन्तर्राष्ट्रिय पहिचान अझ उचाल्ने लक्ष्य राखिएको छ । पत्रकार सम्मेलनमा सहभागीहरुलाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन कुमार श्रेष्ठले स्वागत एवं स्वास्थ्य शाखा प्रमुख दिल कुमार दुवालले सहजीकरण गरेका थिए ।

कार्यक्रममा शिक्षा शाखाका निर्देशक जर्नादन रिजाल, पत्रकार महासंघका अध्यक्ष सुन्दर शिल्पकार,वागमती प्रदेश सरकार,स्वास्थ्य मन्त्रालय, प्रादेशिक योग समितिका सदस्य नबराज काफ्ले लगायतको विशेष उपस्थिति रह्यो । “पहिलो सुख निरोगी काया”- यही मौलिक जीवनदर्शनलाई व्यवहारमा उतार्दै चाँगुनारायणलाई देशकै नमुना “योग नगर” बनाउने ऐतिहासिक अभियान जेष्ठ १० गते आधिकारिक रूपमा शुरू हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved