झापा । दमकस्थित मायाज क्याफेमा Grace News Network Pvt. Ltd. द्वारा सञ्चालित अनलाइन सञ्चारमाध्यम ‘दमक टाउन डटकम’ को टिमबीच औपचारिक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा मिडिया व्यवस्थापन, डिजिटल सञ्चारका चुनौती र अवसर तथा स्थानीय पत्रकारितालाई थप प्रभावकारी र जनउत्तरदायी बनाउने विषयमा छलफल गरिएको थियो।
सो अवसरमा दमक टाउन डटकममा करिब एक वर्षदेखि सक्रिय रूपमा कार्यरत गौरादह–७ निवासी यलिजा भेटवाललाई प्रशंसापत्र प्रदान गरिएको थियो। साथै, सम्पादक जित बहादुर धिमाललाई योगदानको कदर गर्दै प्रमाणपत्र प्रदान गरिएको छ।
कार्यक्रमकै क्रममा दमक टाउन डटकमको आधिकारिक टिसर्टसमेत सार्वजनिक गरिएको थियो। ग्रेस न्युज नेटवर्कका अध्यक्ष डिकेन्द्र बस्नेतले टिम सदस्यहरूलाई टिसर्ट हस्तान्तरण गर्दै संस्थागत एकता र व्यावसायिकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो।
आयोजकका अनुसार कार्यक्रमले सञ्चारकर्मीबीच समन्वय, अनुभव आदान–प्रदान तथा आगामी कार्यदिशाबारे सकारात्मक संवाद स्थापित गरेको छ।
