Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

श्रम संस्कृति पार्टीको प्रदेश नम्बर १ तदर्थ कार्य समिति गठन, अध्यक्षमा खाेटाङका प्रताप राइ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 15, 2026
0 shares

सुनसरी ।  श्रम संस्कृति पार्टी को प्रदेश नम्बर १ तदर्थ कार्य समितिको गठन आज धरानस्थित सैनिक हलमा सम्पन्न भएको छ। पार्टीले लोकतान्त्रिक पद्धतिबाट नयाँ नेतृत्व चयन गरेको जनाएको छ। कार्यक्रममा प्रदेशका विभिन्न जिल्लाबाट सहभागी श्रमदाताहरू, अगुवा कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

नवगठित तदर्थ कार्य समितिको अध्यक्षमा खोटाङका प्रताप राई निर्वाचित भएका छन्। त्यसैगरी उपाध्यक्षहरूमा सुनसरीकी प्रतिभा सेख अन्सारी, मोरङकी दुर्गा पोखरेल, सुनसरीका एमके राई तथा इलामका राजेश दुलाल चयन भएका छन्। नयाँ नेतृत्वले पार्टी संगठनलाई प्रदेशभर विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

समितिको सचिवमा झापाका दिपक तिम्सिना निर्वाचित भएका छन्। स–सचिवहरूमा सुनसरीका नवीन राई, भोजपुरकी इन्दिरा राई तथा संखुवासभाका मनोज जिमि चयन भएका छन्। उनीहरूले श्रमिक अधिकार, सामाजिक न्याय र संगठन सुदृढीकरणका विषयलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्।

त्यसैगरी कोषाध्यक्षमा पाँचथरका प्रमाण राई तथा सह–कोषाध्यक्षमा सोलुखुम्बुका थोमस कुलुङ निर्वाचित भएका छन्। आर्थिक पारदर्शिता र संगठन सञ्चालनलाई व्यवस्थित बनाउने उद्देश्यका साथ नयाँ जिम्मेवारी बाँडफाँट गरिएको पार्टीले जनाएको छ।

प्रवक्ताको जिम्मेवारी तेह्रथुमका अभिनास लिम्बूले पाएका छन् भने सह–प्रवक्तामा ताप्लेजुङका अमर लुहार र पाँचथरका हेम केलाङ चयन भएका छन्। नव–निर्वाचित पदाधिकारीहरूले श्रमिक वर्गको हकहितका लागि सशक्त आवाज उठाउने प्रतिबद्धता जनाएका छन्।

कार्यक्रममा बोल्दै विभिन्न नेताहरूले श्रम संस्कृति पार्टीलाई प्रदेश नम्बर १ मा बलियो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने लक्ष्य लिएको बताएका थिए। उनीहरूले श्रमिक, युवा, महिला तथा उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न पार्टीले सक्रिय भूमिका खेल्ने दाबी गरे।

यसैबीच, तदर्थ कार्य समितिसँगै १३३ जना प्रदेश सदस्यसमेत निर्वाचित भएका छन्। पार्टीका नेताहरूले नयाँ नेतृत्व चयनसँगै संगठन विस्तार, जनसम्पर्क अभियान र आगामी राजनीतिक कार्यक्रमलाई तीव्रता दिने बताएका छन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved