खोटाङ । ऐसेलुखर्क गाउँपालिका मा अपाङ्गता भएका २१ जनालाई सहज जीवनयापनका लागि विभिन्न सहायक सामग्री वितरण गरिएको छ। गाउँपालिकामा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमअन्तर्गत विनियोजन गरिएको रु तीन लाख बजेटमार्फत सामग्री खरिद गरी वितरण गरिएको हो।
कार्यक्रम संयोजक भक्तबहादुर राई का अनुसार चार जनालाई ह्विलचियर, दश जनालाई ट्वाइलेट चियर, दुई जनालाई ‘एलकेन’ लौरो, एक जनालाई हियरिङ एड, एक जनालाई मोडिफाइ सुज तथा दुई जनालाई कृत्रिम हात वितरण गरिएको छ।
गाउँपालिकामा सञ्चालन भइरहेको उक्त कार्यक्रम करुणा फाउण्डेशन, सामाजिक विकास मन्त्रालय तथा ऐसेलुखर्क गाउँपालिका को संयुक्त साझेदारीमा सञ्चालन हुँदै आएको छ।
बिहीबार गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा गाउँपालिका प्रमुख गीरेन्द्रबहादुर राई ले लाभग्राहीलाई सामग्री हस्तान्तरण गरेका थिए।
गाउँपालिकाका अनुसार ऐसेलुखर्कमा हाल २७७ जना अपाङ्गता भएका व्यक्ति रहेका छन्।
