Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

कार्यसम्पादनका आधारमा प्रधान न्यायाधीश नियुक्ति, राजनीतिक दबाबभन्दा संस्थागत मर्यादालाई प्राथमिकता

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 8, 2026
9 shares

काठमाडौं । नेपालको सर्वोच्च अदालतमा नयाँ प्रधान न्यायाधीश नियुक्तिसँगै यतिबेला राजनीतिक तथा सामाजिक वृत्तमा व्यापक बहस भइरहेको छ। विशेषगरी केही राजनीतिक दलका समर्थकहरूले न्यायाधीश नियुक्तिमा वरियताक्रम मिचिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

तर, न्यायालयजस्तो संवेदनशील संस्थामा केवल सेवा अवधिको आधारभन्दा पनि कार्यसम्पादन, क्षमता, निष्पक्षता र संस्थागत योगदानलाई प्राथमिकता दिनु आवश्यक रहेको मत बलियो रूपमा उठ्न थालेको छ।

प्रधान न्यायाधीश नियुक्तिका लागि प्रतिस्पर्धामा रहेका सर्वोच्च अदालतका छ जना न्यायाधीशमध्ये कार्यसम्पादन मूल्याङ्कनका आधारमा डा. मनोज कुमार शर्मा अग्रस्थानमा रहेको चर्चा सार्वजनिक भएपछि उहाँको नियुक्तिलाई धेरैले सकारात्मक रूपमा लिएका छन्। न्यायिक क्षेत्रका जानकारहरूका अनुसार अदालतको नेतृत्व चयन गर्दा केवल वरियतालाई मात्र होइन, निर्णय क्षमता, कार्यक्षमता, नेतृत्वदक्षता र न्यायिक योगदानलाई समेत मुख्य आधार मानिनु लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण पक्ष हो।

यसैबीच, सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानको नामलाई लिएर पनि राजनीतिक टिप्पणी भइरहेको छ। उहाँ पूर्वराजनीतिक पृष्ठभूमिबाट आएकी तथा एक समय एमालेको सिफारिसमा सांसद बनेकी व्यक्ति भएकाले केही समर्थकहरूले उहाँलाई प्रधान न्यायाधीश बनाउनुपर्ने धारणा सार्वजनिक गरेका छन्। तर, आलोचकहरूले भने न्यायालयलाई राजनीतिक प्रभावभन्दा माथि राख्नुपर्ने तर्क गरिरहेका छन्।

विश्लेषकहरूका अनुसार नेपालको राजनीतिक संस्कृतिमा “राम्रोलाई होइन, हाम्रोलाई” प्राथमिकता दिने प्रवृत्ति लामो समयदेखि देखिँदै आएको छ, जसले राज्यका संस्थाहरू कमजोर बन्न पुगेका छन्। यस्तो अवस्थामा योग्यता र कार्यसम्पादनका आधारमा गरिएको निर्णयलाई समर्थन गर्नु लोकतन्त्र र सुशासनका लागि सकारात्मक संकेत मानिएको छ।

नागरिक समाजका अगुवाहरूले पनि परिवार, जात, धर्म, भूगोल वा राजनीतिक आस्थाभन्दा माथि उठेर देश र संस्थाको हितलाई केन्द्रमा राख्ने संस्कार विकास गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। उनीहरूका अनुसार निष्पक्ष र सक्षम नेतृत्व चयनलाई राजनीतिक चस्माबाट हेर्ने प्रवृत्तिले लोकतान्त्रिक संस्थामाथिको जनविश्वास कमजोर बनाउन सक्छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved