Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

आन्तरिक काममा सेना परिचालनबारे प्रश्न: सीमा सुरक्षामा किन कमजोर उपस्थिति?

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 28, 2026
0 shares

काठमाडौं — पछिल्लो समय मतपेटिका सार्नेदेखि सुकुम्बासी बस्ती हटाउने र लगत संकलन गर्ने कामसम्ममा नेपाल सेना परिचालन गरिन थालेपछि सरकारको प्राथमिकतामाथि प्रश्न उठ्न थालेको छ।

जननिर्वाचित सरकारको रूपमा चिनिएको वर्तमान नेतृत्वले नागरिक प्रशासनिक काममा समेत सेना प्रयोग गर्नु उपयुक्त हो वा होइन भन्ने बहस चुलिएको छ। नागरिक समाज र केही राजनीतिक विश्लेषकहरूले यसलाई लोकतान्त्रिक अभ्याससँग मेल नखाने कदमका रूपमा टिप्पणी गरेका छन्।

विशेषगरी काठमाडौं उपत्यकाका नदी किनारका सुकुम्बासी बस्ती हटाउने क्रममा सुरक्षाकर्मीको ठूलो उपस्थिति देखिएको थियो। सुकुम्बासीहरूको व्यवस्थापन जस्तो संवेदनशील सामाजिक विषयमा सेना प्रयोग गर्नुले सरकारको दृष्टिकोणमाथि थप प्रश्न खडा गरेको छ। मानव अधिकारकर्मीहरूले संवाद र वैकल्पिक व्यवस्थापनको सट्टा बल प्रयोगलाई प्राथमिकता दिइएको आरोप लगाएका छन्।

यता, देशको संवेदनशील सीमा क्षेत्रहरू जस्तै लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रमा भने सेना पर्याप्त रूपमा नदेखिएको भन्दै जनस्तरबाट असन्तुष्टि व्यक्त भइरहेको छ। राष्ट्रियतासँग प्रत्यक्ष जोडिएका यी भूभागमा बलियो उपस्थिति आवश्यक रहेको भन्दै सर्वसाधारणले सरकारको ध्यानाकर्षण गराएका छन्।

सरकार पक्षले भने आवश्यकताअनुसार सेना परिचालन गरिएको र सीमा सुरक्षामा पनि निरन्तर ध्यान दिइएको दाबी गरेको छ। तर पनि आन्तरिक काममा बढ्दो सैनिक प्रयोग र सीमामा देखिएको कथित निष्क्रियताबीचको विरोधाभासले सरकारको नीतिमाथि गम्भीर बहस सुरु भएको छ। यस विषयमा स्पष्ट धारणा र दीर्घकालीन रणनीति सार्वजनिक गर्न सरकारमाथि दबाब बढ्दो छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved