Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

समस्या कोटा र सम्पतिमा हैन, असमानतामा छ- सञ्जय कालिकाेटे

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 24, 2021
2.4K

सञ्जय कालिकाेटे ।

मैले जातीय विभेद को पिडा केही महिना आगाडी भोगिसकेको छु । म रुम सर्ने क्रममा ललितपुर को एउटा घरमा पुगे सुरुमा रुम को कुरा गरे अनि घर बेटि ले हुन्छ भन्नू भयो केही छिन मा मैले रुम मा सामान पनि सारे म केहि काम को सिलसिला मा बाहिर बजार गए।
यतिकैमा घर बेटि आमा ले मेरो श्रीमती लाई जात थर सोधपुछ गर्नु भएछ मेरो श्रीमती राई भएको ले खास जात को विषय मा सुरुमा केही कुरा भएन ।

पछि मेरो श्रीमती ले म राई हो तर मेरो श्रीमान बिस्वकर्मा हो भने पछी “उहाँ हरु ले हाम्रो घरमा पुजा गर्नु पर्छ पाहुना पनि आउछन सानो जाति लाई त लु हुन्न बहिनी” भनेर सामान सबै रोड मा निकाली दिनु भएछ। समय लगभग राती को सात बजेको थियो मलाई फोन आयो के भयो भनी सोधे तर मेरो परिवार ले बाटो मा मलाई पिर पर्छ भनेर घरमा आएपछि मात्र भने केहि छिन मा म घरमा आउदा रुम मा मिलाएर राखेको सामान बाहिर देखेर अचम्म परे ।

बास्तबिकता सबै थाहा पाए मलाई अहिले पनि नमिठो लाग्छ,मैले पनि ठिक यसै गरेर भिडियो गरेँ । मैले कि सानो जात को लाई हामी कोठा दिन सक्दैनौ, हामिलाइ फाबदैन भेनेको भिडियो अहिले पनि म सङ छ। मैले मिडिया बोलाए म चिच्याए कराए अनि केहिबेर मा पुलिस बोलाए,जावलाखेल बाट प्रहरी एक महिला सहितको टोलि आए तर घरबेटि मिडिया र प्रहरी एउटै थर का थिए। उनिहरुले तेहि मिलाउने कोशिस गरे तर म मानेको थिएन।

केहिबेर मा घर को ती मान्छे लाई मिडिया र प्रहरीले अपराध गरेको ठहरियो। भोलिपल्ट चौकी आउनु मिल्न अथवा मुद्दा दर्ता गर्न भनी प्रहरीहरु फर्किए। यतिकैमा सबै छिमेकी हरु जम्मा भए सबैले मलाई सम्झाउन लागे, एक चोटि लाई माफ गर्दिन अनुरोध गर्दै थिए। कोही हाम्रो घरमा सामान राख्न अनुरोध गर्दै थिए। घरबेटि ले मलाई धेरै अनुरोध गरे “एक साल को भडा लिन्न सामान भित्र राख्नुश गल्ती भयो म पोइसा समेत दिन्छु” भनी स-साना नानिहरु घरबेटि आमा रुन कराउन लागे । मेरा केहि आफन्त पनि अब हाम्रो रुम मा सामान राखौं । भयो अब छोडिदिउ भनेर अनुरोध गर्न लागे ।

“यतिकैमा 80″बर्ष पुग्नुभएको घरबेटी आमा आएर बाबू माफ गर्फिनु म सङ औसधि खान राखेको केहि पोइसा छ त्यो पनि दिन्छु तर मुद्दा नगरिदिनु” अनुरोध गर्न लाग्नु भयो । मैले धेरै सोचे,बिचार गरेँ मैले नजिकैको एउटा तामाङ थर को आमा लाई चिनेको थिए। आमा लाई नि त्यो कुरा ले नरमाइलो लागेको रहेछ,”उहाँले मेरोमा सामान राख्नु र केहिदिन बस्न मेरो घरमा आउनु” भन्नू भयो। म आज त्यो दिन लाई जब सम्झन्छु,सानो जात को हैन तर मान्छे भएर जन्मेको मा हिन्ताबोध लाग्यो। मलाई यति नरमाइलो लाग्यो कि त्यो क्षण लाई व्यक्त गर्ने म सङ सब्द छैन ।

रातभर घर वाला दाइ को फोन आयो पटक-पटक “सरिभाइ गल्ती भयो प्लिज मिलौ भन्नू हुन्थ्यो,यो कुरा न मिडिया मा आयो न प्रहरी मा दर्ता भयो । मलाई घरबेटिले पशु सरह ब्याबाहर गरेर अपमान गरेर मेरो राखिएको सामन लाई बाटो मा निकालेर मेरो परिवार लाई बिचल्ली बनाएको पीडा लाई पनि एउटा मानबता को भावनाअनुरूप र म भित्र कुनै विभेद को भावना नभएकोले र घर बेटि को आशुले बिर्साइदियो ।

मैले माफ गरिदिने निर्णय गरेँ र मैले माफी गरिदिए,यो मुद्दा ले सबै दलित जतिको प्रतिनिधित्व हुन्थ्यो भन्ने राम्रोसँग थाहा हुदाहुदै पनि बुढी आमा को अनुरोध मा मैले यो घटना लाई एउटा नराम्रो सपना को रुप मा छोड्ने निर्णय गरेँ, यो बीचमा मलाई मेरा अफिस का अनि चिनेजानेका केही मित्र हरु को यो मुद्दा छोडेको मा असन्तुष्ट पुर्बक धेरैमा म्यासेज हरु आए तर सबै म जस्तो नहुन सक्छ अनि आफ्नो हक अधिकार र आफू पीडा मा परेको कुरा लाई सामाजिक संजाल बाट ब्याक्त गर्नु भाइरल हुन पक्कै हैन।

मानिस ले पशु सरह जिबन यापन गर्दा विभेद सहदा को पिडा एउटा भोग्ने लाई मात्र थाहा छ जात ढाट्दा नि किन ढाटिश सिधा भन्ने,बताउदा रुम त के नजिक आउन सम्म डराउने,अनि खै परिवर्तन?खै लोकतन्त्र?? गणतन्त्र खै???धर्मनिरपक्ष खै???? समान्ता रुजातीय विभेद भयो भनेर सम्बन्धित न्यायालय मा जादा अनि आफुलाइ भएको विभेद सामाजिक सन्जाल मा ब्याक्त गर्दा उल्टै अनेक लाल्छ्ना सहनु पर्ने यो कस्तो देश? यो कस्तो कानुन ??
मेरो यहि प्रश्न छ अब हामी के गरौ काहा जाउ हामीले न्याय काहा र कसरी पाउने???

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved