Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सामाजिक सञ्जालमा महिलाको चरित्रहत्या गर्ने महेश पक्राउ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 22, 2026
0 shares

काठमाडौं । सामाजिक सञ्जालमार्फत एक महिलाको चरित्रहत्या गरेको आरोपमा प्रहरीले महेश गिरीलाई पक्राउ गरेको छ। भक्तपुर निवासी गिरीलाई मंगलबार काठमाडौंको गौशालाबाट नियन्त्रणमा लिइएको साइबर ब्युरोका प्रवक्ता एसपी दिलीप कुमार गिरीले जानकारी दिएका छन्। प्रहरीका अनुसार गिरीले फेसबुक प्रयोग गरी एक महिलाविरुद्ध अपमानजनक तथा प्रतिष्ठामा आँच पुर्‍याउने सामग्री प्रकाशित गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

बलात्कार पीडित शोभा पाठकले सामाजिक सञ्जालमार्फत आफ्नो फोटो दुरुपयोग गरी चरित्रहत्या गर्ने र धम्की दिने व्यक्तिका रूपमा गिरीलाई पक्राउ गरिएको उल्लेख गरेकी छन्। उनले आफूलाई मानसिक रूपमा हैरानी दिने अन्य व्यक्तिहरूविरुद्ध पनि कानुनी प्रक्रिया अघि बढाउने स्पष्ट पारेकी छन्। यस घटनालाई लिएर सामाजिक सञ्जालको दुरुपयोग र व्यक्तिको गोपनीयता तथा सम्मानमाथि हुने आक्रमणबारे पुनः गम्भीर प्रश्न उठेको छ।

प्रहरीले पक्राउ परेका गिरीमाथि विद्युतीय अपराधसम्बन्धी कसुर अन्तर्गत अनुसन्धान अघि बढाएको छ। एसपी गिरीका अनुसार बुधबार अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिनेछ। पछिल्लो समय साइबर अपराधका घटना बढ्दै गइरहेका कारण प्रहरीले यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूमाथि कडा निगरानी तथा कारबाहीलाई प्राथमिकता दिएको जनाएको छ। साथै, नागरिकलाई सामाजिक सञ्जाल प्रयोग गर्दा जिम्मेवार र सचेत हुन आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved