Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

यी हुन् प्रधानमन्त्रीसहित १६ मन्त्रीको सचिवालयमा नियुक्ति पाएका पदाधिकारीहरु

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 19, 2026
29Shares

काठमाडौँ । बालेन साह नेतृत्वको सरकारले गठन गरेको मन्त्रिपरिषद् एक महिना नपुग्दै अधिकांश मन्त्रीको सचिवालयले पूर्णता पाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता साह प्रधानमन्त्री नियुक्त भएसँगै गत चैत १३ गते १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो भने पछि थप विस्तारसँगै हाल १६ सदस्यीय मन्त्रिपरिषद् कायम भएको छ ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सबै मन्त्रीका स्वकीय सचिव, निजी सचिव तथा व्यक्तिगत सुरक्षा अधिकृत (पिएसओ) नियुक्त भई काम सुरु गरिसकेका छन् । यद्यपि पछिल्लो समय नियुक्त भएका केही मन्त्रीको सचिवालय भने अझै पूर्ण हुन बाँकी छ ।

प्रधानमन्त्रीदेखि विभिन्न मन्त्रीको आफू स्वकीय सचिव रहेको भन्दै विभिन्न व्यक्तिले दाबी समेत गर्न थालिरहेका छन् । केही दिन अघि मात्रै मुगुको खत्याड गाउँपालिका निवासी अनिल बानियाँले बाजुराको कोल्टीमा वैशाख १ गते तथा मुगुको खत्याड क्षेत्रमा २ गते स्थापना गरिएका इलाका प्रशासन कार्यालय, मालपोत तथा नापी कार्यालयको उद्घाटन कार्यक्रममा आफूलाई गृहमन्त्री गुरुङको सल्लाहकारका रूपमा प्रस्तुत गरेका समाचार पनि सार्वजनिक भइरहेका छन् । यसले कुन मन्त्रीको स्वकीय सचिव को हो भन्ने अन्यौलता सृजना गरिरहेको छ ।

यि हुन् मन्त्रीका सचिवालयमा नियुक्त व्यक्ति (सूची)

प्रधानमन्त्री एवम् रक्षा मन्त्री बालेन साह
स्वकीय सचिव: सुवास शर्मा
निजी सचिव: प्रदीप परियार
पिएसओः दीपेश बस्याल

अर्थमन्त्री स्वर्णिम वाग्ले
स्वकीय सचिव: नवीन ढुङ्गाना
निजी सचिव: कञ्चन बस्नेत
पिएसओः अनुप ढकाल

परराष्ट्र मन्त्री शिशिर खनाल
स्वकीय सचिव: लोचन पौडेल
निजी सचिव: मधु भट्टराई
पिएसओः जङ्गबहादुर बुढाथोकी

ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री बिराज भक्त श्रेष्ठ
स्वकीय सचिव: सञ्जीव महर्जन, राजा शाक्य
निजी सचिव: दुर्गानारायण भुर्तेल
पिएसओः नारायण पराजुली

गृहमन्त्री सुधन गुरुङ
स्वकीय सचिव: जेम्स कार्की
निजी सचिव: परशुराम पोखरेल
पिएसओः श्रीहरि केसी

भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री सुनिल लम्साल
स्वकीय सचिव: प्रतीक श्रेष्ठ, विवेक बास्तोला
निजी सचिव: सुनिता घिमिरे
पिएसओः सरोज गिरी

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम
स्वकीय सचिव: प्रकृति न्यौपाने
निजी सचिव:प्रजु डोटेल
पिएसओ: इसा श्रेष्ठ

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सिता वादी
स्वकीय सचिव: टेकेन्द्र विश्वकर्मा
निजी सचिव: मिलन भट्टराई
पिएसओः रमन राई

सङ्घीय मामिला तथा सामान्य प्रशासन र भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावल
स्वकीय सचिव: अभिषेक श्रेष्ठ
निजी सचिव: राम आचार्य
पिएसओः अनुपमा भारती

स्वास्थ्य तथा जनसङ्ख्या र खानेपानी मन्त्री निशा मेहता
स्वकीय सचिव: नीरज कटुवाल
निजी सचिव: यमुना सापकोटा
पिएसओः रिता बुढाथोकी

शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेल
स्वकीय सचिव: आरजु लोहनी
निजी सचिव: विष्णु भुसाल, उषा लामिछाने
पिएसओः राजेन्द्र शर्मा

संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री खड्गराज पौडेल
स्वकीय सचिव: सुमन गौतम
निजी सचिव: अर्जुन शर्मा
पिएसओः दिलिप चौधरी

सञ्चार सूचना तथा प्रविधि मन्त्री विक्रम तिमिल्सेना
स्वकीय सचिव: शिव थापा
निजी सचिव: राकेश गुरुङ
पिएसओः ताराकृष्ण काफ्ले

कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री गीता चौधरी
स्वकीय सचिव: युवराज भण्डारी
निजी सचिव: शिव सागर चौधरी
पिएसओः पद्मा खत्री

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव
निजी सचिव: सन्ध्या सिग्देल
(अन्य पद पूर्ति हुन बाँकी)

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादव
निजी सचिव: केशर पण्डित
(अन्य पद पूर्ति हुन बाँकी)

मन्त्रिपरिषद् अझै विस्तार हुने सङ्केत
सरकारले सार्वजनिक गरेको ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदामा १७ सदस्यीय मन्त्रिपरिषद् बनाउने उल्लेख भएकाले अब एक जना मन्त्री थपिने सम्भावना रहेको छ । हाल रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री साहले नै सम्हालिरहेका छन् । यससँगै सरकारको प्रशासनिक संरचना विस्तार र सचिवालय व्यवस्थापनले कार्यसम्पादनमा गति दिने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved