Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

भक्तपुरको विकास मोडेलप्रति मुख्यमन्त्री बानियाँ प्रभावित, शिक्षा–स्वास्थ्य र सम्पदा संरक्षणको उच्च प्रशंसा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 17, 2026
87

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भक्तपुर नगरपालिकाको अवलोकन भ्रमण गर्दै यहाँको शिक्षा, स्वास्थ्य तथा सम्पदा संरक्षण क्षेत्रमा गरिएको कामप्रति उच्च प्रशंसा व्यक्त गर्नुभएको छ। नगरको समग्र विकास मोडेल उदाहरणीय रहेको उहाँको भनाइ थियो।

भ्रमणका क्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मुख्यमन्त्री बानियाँलाई खादा तथा भादगाउँले टोपीसहित स्वागत गर्नुभएको थियो। कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले स्थानीय तहले सीमित स्रोतसाधनका बीच पनि उल्लेखनीय उपलब्धि हासिल गरेको बताउनुभयो।

उहाँले विशेषगरी शिक्षा र स्वास्थ्य क्षेत्रमा भक्तपुर नगरपालिकाले अघि सारेका कार्यक्रमहरू प्रभावकारी रहेको उल्लेख गर्दै अन्य स्थानीय तहका लागि पनि सिकाइयोग्य रहेको धारणा राख्नुभयो। साथै ऐतिहासिक सम्पदाको संरक्षणमा गरिएको प्रयासले सांस्कृतिक पहिचान जोगाउन महत्वपूर्ण योगदान पुर्‍याएको बताउनुभयो।

मुख्यमन्त्री बानियाँले स्थानीय अस्पताललाई प्रादेशिक स्तरको मान्यता दिन कानुनी सुधार आवश्यक रहेको औंल्याउँदै प्रदेश सरकार यसका लागि आवश्यक सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो। स्वास्थ्य सेवाको पहुँच र गुणस्तर वृद्धिमा प्रदेश सरकार सकारात्मक रहेको उहाँको भनाइ थियो।

भ्रमणका क्रममा मुख्यमन्त्री बानियाँले ख्वप अस्पताल, ख्वप कलेज तथा निर्माणाधीन अरनिको सभाभवनको समेत अवलोकन गर्नुभएको थियो। अवलोकनपछि उहाँले यस्ता पूर्वाधारले नगरको समग्र विकासमा थप टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved