भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चाँगुनारायण नगर समितिले नगरको समग्र र दीर्घकालीन विकास योजना निर्माण गर्ने उद्देश्यसहित विभिन्न क्षेत्रका विज्ञहरूलाई सहभागी हुन सार्वजनिक आह्वान गरेको छ। समितिका सभापति रोशन थापाले जारी गरेको सूचनामा दक्षता र अनुभव भएका व्यक्तिहरूलाई एकीकृत योजना निर्माण प्रक्रियामा जोडिन आग्रह गरिएको हो।
सूचनाअनुसार शिक्षा, स्वास्थ्य, यातायात, शहरी विकास, पूर्वाधार, कृषि, नवप्रवर्तन तथा स्टार्टअप, विज्ञान, सञ्चार तथा सूचना प्रविधि, उत्पादन, सुशासन तथा भ्रष्टाचार निवारण, वातावरण लगायत २५ विभिन्न क्षेत्रमा अनुभव हासिल गरेका व्यक्तिहरूलाई विज्ञ समूहमा आवद्ध हुन निमन्त्रणा गरिएको छ। नगरको आवश्यकता र प्राथमिकतालाई केन्द्रमा राख्दै दिगो विकासका लागि विज्ञहरूको सुझाव समेट्ने लक्ष्य लिइएको सभापति थापाले बताएका छन्।
उनका अनुसार स्थानीय समस्यालाई वैज्ञानिक, व्यावहारिक र परिणाममुखी ढंगले समाधान गर्ने गरी योजना तयार पारिनेछ। यस अभियानमार्फत विभिन्न पेशागत क्षेत्रका विज्ञहरूलाई एउटै प्लेटफर्ममा ल्याउने तथा युवा ऊर्जा र अनुभवको संयोजन गर्ने प्रयास गरिएको जनाइएको छ।
समितिले इच्छुक व्यक्तिहरूलाई आफ्नो व्यक्तिगत विवरण, कार्यअनुभव तथा योगदान गर्न चाहेको क्षेत्र स्पष्ट खुलाएर आवेदन दिन अनुरोध गरेको छ। आवेदन प्रक्रिया अनलाइनमार्फत सहज बनाउन क्यूआर कोडको व्यवस्था गरिएको जानकारी पनि दिइएको छ।
विज्ञ समूहबाट तयार पारिने योजना आगामी दिनमा चाँगुनारायण नगरको विकास मार्गचित्रका रूपमा उपयोग हुने विश्वास व्यक्त गर्दै समितिले यस पहलले स्थानीय शासन प्रणालीलाई थप सुदृढ बनाउने र नागरिक सहभागिता अभिवृद्धि गर्ने अपेक्षा समेत गरेको
