Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

रुवी उपसभामुखसँगै संवैधानिक परिषदमा हर्कको प्रभाव बढ्यो

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 12, 2026
58

काठमाडौं।  धनुषाकी रुवीकुमारी ठाकुर उपसभामुख पदमा निर्वाचित भएसँगै श्रम संस्कृति पार्टीको प्रभाव राज्यका प्रमुख संवैधानिक निकायसम्म विस्तार भएको छ। पार्टी अध्यक्ष हर्क साम्पाङको परोक्ष उपस्थिति अब संवैधानिक परिषदसम्म पुगेको छ।

प्रतिनिधिसभामा ७ सदस्यसहित राष्ट्रिय राजनीतिमा उदाएको श्रम संस्कृति पार्टीले पहिलोपटक उच्च संवैधानिक संरचनामा प्रभाव जमाएको हो। धरान उपमहानगरपालिकाका पूर्वमेयरसमेत रहेका हर्क साम्पाङ अब प्रत्यक्ष नभए पनि उपसभामुखमार्फत् राज्यको निर्णय प्रक्रियामा पहुँच राख्ने अवस्थामा पुगेका छन्।

संवैधानिक परिषदमा प्रधानमन्त्री अध्यक्ष रहने र सदस्यमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रमुख प्रतिपक्ष दलका नेता तथा उपसभामुख रहने व्यवस्था छ। सोही व्यवस्थाअनुसार उपसभामुख ठाकुरको उपस्थितिले श्रम संस्कृति पार्टीलाई परिषदमा प्रवेश गराएको हो।

यस परिषदले विभिन्न संवैधानिक आयोगका पदाधिकारी तथा सर्वोच्च अदालतका न्यायाधीश नियुक्तिसम्मको महत्वपूर्ण अधिकार राख्ने भएकाले यसको पहुँचलाई राजनीतिक रूपमा निकै अर्थपूर्ण मानिन्छ। यस्तो अवस्थामा सानो दल भए पनि श्रम संस्कृति पार्टीको प्रभाव विस्तार हुनु महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ।

यसपटकको संरचनामा प्रमुख दलहरू मध्ये नेकपा एमालेको प्रत्यक्ष प्रतिनिधित्व नरहेको अवस्थामा श्रम संस्कृति पार्टीको उपस्थितिले शक्ति सन्तुलनमा नयाँ समीकरण देखिएको छ। यो परिणामले हर्क साम्पाङको राजनीतिक हैसियत अझ सुदृढ बनाएको छभने, श्रम संस्कृति पार्टीको संबैधानिक निकायमा पनि बलियाे हैसियत बनेकाे छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved