Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

“शून्य बाँकी फाइल सप्ताह” अभियान कार्यान्वयनका लागि निर्देशन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 11, 2026
58

काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले “शून्य बाँकी फाइल सप्ताह” (Zero Pending File Week) अभियान सञ्चालनसम्बन्धी मार्गदर्शन २०८२ कार्यान्वयनका लागि सबै सरकारी निकायलाई निर्देशन दिएको छ। प्रशासन शाखाबाट जारी परिपत्रमार्फत संघ, प्रदेश र स्थानीय तहका सबै कार्यालयलाई अभियान प्रभावकारी रूपमा सञ्चालन गर्न भनिएको हो।

कार्यालयका अनुसार सरकारी कार्यालयहरूमा दर्ता भएका फाइलहरू, सुरु भएका टिप्पणीहरू तथा अन्य कागजातहरू अनावश्यक रूपमा थन्किने र निर्णयमा ढिलाइ हुने प्रवृत्ति न्यूनीकरण गर्न यो अभियान ल्याइएको हो। यसले सेवा प्रवाहलाई छिटो, सरल र प्रभावकारी बनाउने लक्ष्य लिएको जनाइएको छ।

मार्गदर्शनमा फाइलहरूलाई अनावश्यक रूपमा माथिल्लो तहमा पठाउने, अधिकार प्रयोग नगरी थन्क्याउने तथा प्रक्रिया लम्ब्याउने अभ्यास अन्त्य गर्न विशेष जोड दिइएको छ। जिम्मेवार निकायहरूले तोकिएको समयभित्र फाइल फर्छ्योट गरी सेवाग्राहीलाई छिटो सेवा दिनुपर्ने उल्लेख गरिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वीकृत मार्गदर्शनअनुसार सबै कार्यालयले अभियान कार्यान्वयन गरी प्रगति प्रतिवेदनसमेत पेश गर्नुपर्ने व्यवस्था गरेको छ। अभियान कार्यान्वयनको अनुगमन समेत गरिने बताइएको छ।

उक्त मार्गदर्शन कार्यालयको वेबसाइटमार्फत पनि उपलब्ध रहेको जनाइएको छ। सरकारको यस पहलले प्रशासनिक कामकाजमा पारदर्शिता र चुस्तता ल्याउने अपेक्षा गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved