भक्तपुर। भक्तपुर क्षेत्र नम्बर १ मा करिब तीन दशकदेखि कायम रहेको नेमकिपाको वर्चस्व तोड्दै निर्वाचित भएका सांसद रुकेश रन्जित यतिबेला जनअपेक्षाको केन्द्रमा उभिनुभएको छ। लामो समयपछि आएको राजनीतिक परिवर्तनसँगै क्षेत्रवासीमा विकास, सुशासन तथा प्रभावकारी सेवा प्रवाहप्रति उच्च आशा देखिएको छ।
यसै सन्दर्भमा सांसद रन्जितले चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री र उपप्रमुख रमेश बुढाथोकीसँग भेटघाट गर्दै नगरको समग्र विकास निर्माण, चालु तथा भावी योजना र जनताका आवश्यकता तथा मागका विषयमा विस्तृत छलफल गर्नुभएको छ।
भेटका क्रममा सांसद रन्जितले जनताको अपेक्षा पूरा गर्न विकास कार्यलाई तीव्रता दिने, स्थानीय तहसँग समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको जनाइएको छ।
