काठमाडौं — प्रतिनिधि सभा सदस्य रुकेश रंजित र शिक्षा, विज्ञान तथा प्रविधि तथा युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेल बीच आज मन्त्रालयमा महत्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ। भेटमा देशका विभिन्न शैक्षिक संस्था र खेल पूर्वाधारसँग सम्बन्धित विषयमा विस्तृत छलफल गरिएको जनाइएको छ।
छलफलका क्रममा भक्तपुरकाे वभिन्न विद्यालयहरु: ख्वप विश्वविद्यालय, नेपाल खुल्ला विश्वविद्यालय, नेपाल इन्जिनियरिङ कलेज तथा लायन्स–नेपाल भारत व्यावसायिक तालिम केन्द्र जस्ता संस्थाहरूको वर्तमान अवस्था, सञ्चालन तथा शैक्षिक गुणस्तर सुधारका विषयमा ध्यानाकर्षण गराइएको थियो।
साथै चाँगुनारायण नगरपालिकाले संघीय ऐन विपरीत प्राध्यापक नियुक्त गर्न लागेको भनिएको विषयमा पनि गम्भीर चासो व्यक्त गरिएको बताइएको छ।
यसैगरी जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (JICA) को सहयोगमा निर्माण प्रस्ताव गरिएको रंगशालासम्बन्धी विषयमा समेत छलफल भएको थियो। खेल पूर्वाधार विकासलाई प्राथमिकता दिनुपर्नेमा दुबै पक्ष सहमत भएको र आगामी दिनमा आवश्यक समन्वय र पहल अगाडि बढाउने समझदारी भएको जनाइएको छ।
